×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्यदर्शन सहकारी ठगी प्रकरण: रविमाथि पनि अनुसन्धान सुरु

PRIME CA

सूर्यदर्शन सहकारी ठगी प्रकरण: रविमाथि पनि अनुसन्धान सुरु

९ फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीका सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा भएको अरबौँ हिनामिना प्रकरणमा बचतकर्ताको उजुरीपछि प्रहरीले लामिछानेमाथि अनुसन्धान सुरु गरेको हो ।

सहकारी ठगी प्रकरणमा लामिछानेमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्राविधिक रुपले सहयोग गरिरहेको बुझिएको छ ।

सोही प्रयोजनका लागि सीआईबीको प्राविधिक टोली पोखरा पुगेको सीआईबी स्रोतले जनाएको छ । लामिछानेविरुद्ध सहकारीका बचतकर्ताले गत माघ २२ गते प्रहरीमा उजुरी दिएका थिए । जिल्ला अदालत कास्कीमा मुद्दा विचाराधीन रहेका बेलामा पनि उजुरी परेपछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

हाल सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी राई) राई फारार छन् । उनी मलेसियामा बचतकर्ताको पैसाले ‘अपार्टमेन्ट’ किनेर बसेको खुलासा भएको छ । राईलाई मलेसियाबाट पक्राउ गरेर नेपाल पठाउन ‘डिफ्युजन नोटिस’ प्रयाप्त नभएपछि ‘रेड नोटिस’ जारी गर्ने तयारी गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: