काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा निक्षेपकर्ताहरुको निक्षेप सुरक्षित रहेको जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले नेपालको बैंकिङ क्षेत्र सक्षम र सबल रहेको भन्दै बैंक तथा वित्तीय क्षेत्रमा राखेको निक्षेप सुरक्षित भएको दाबी गरेको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमाथि राष्ट्र बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षण विभागले निरन्तर निगरानी गरिरहेकोले बैंकिङ क्षेत्रमा कुनै पनि समस्या नभएको दाबी गरेको हो । यसका साथै राष्ट्र बैंकले नेपाली बैंक तथा वित्तीय संस्थाहरुमा ढुक्क भएर कारोबार गर्न पनि आग्रह गरेको छ ।
त्यस्तै, राष्ट्र बैंकले पछिल्लो समय केही व्यक्ति/समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरु राष्ट्र बैंकको निर्देशनअनुरुप भएको पनि राष्ट्र बैंकले जनाएको छ । योसँगै बैंकिङ क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्य पछाडी नलागी ढुक्कसँग नियमित रुपमा कारोबार गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ । यस्तो छ राष्ट्र बैंकको विज्ञप्तिः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्