×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स स्पिनिङ मिल्सको ‘ओपनिङ रेन्ज’ बढाउन प्रचलित कानुन नै परिवर्तन गर्दै नेप्से, ‘चरम भ्रष्टाचारको गन्ध !’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रिलायन्स स्पिनिङ मिल्सको ‘ओपनिङ रेन्ज’ बढाउन प्रचलित कानुन नै परिवर्तन गर्दै नेप्से, ‘चरम भ्रष्टाचारको गन्ध !’

२३ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सको ओपनिङ रेन्ज अर्थात सुरुवाती कारोबारको मूल्य बढाउन नेप्सेले प्रचलित कानुन नै परिवर्तन गर्ने भएको छ । कमजोर वित्तीय अवस्था भएको सो कम्पनीलाई फाइदा हुनेगरी नेप्सेले ओपनिङ रेन्ज सम्बन्धि प्रचलित व्यवस्था नै परिवर्तन गर्न लागेको हो ।
हाल आईपीओ जारी गरेर पहिलो कारोबार गर्ने कुनै कम्पनीको सुरुवाती कारोबार मूल्य (ओपनिङ रेन्ज) नेटवर्थका आधारमा पाउने गरेका छन् । प्रचलित व्यवस्था अनुसार कुनै पनि कम्पनीको नेटवर्थको ३ गुणासम्म ओपनिङ रेन्ज नेप्सेले दिन्छ । तर नेप्सेले बुक बिल्डिङबाट आएकाहरुको हकमा कट अफ प्राइसमा १० प्रतिशत घटाएर सो मूल्यलाई नै ओपनिङ रेन्ज दिनेगरी कानुन संसोधन गर्न लागेको हो । चालु आर्थिक बर्षको पहिलो त्रैमासको विवरण अनुसार रिलायन्स स्पिनिङ मिल्सको प्रति सेयर नेटवर्थ २४९.४८ रुपैयाँ छ। अर्थात पहिलो कारोबारमा कम्पनीले अधिकतम ७४८.४४ रुपैयाँ ओपनिङ रेन्ज पाउने थियो । तर कानुन नै संसोधन गरेर रिलायन्सलाई ८२१ रुपैयाँ सुरुवाती कारोबार मूल्य दिने तयारी नेप्सेले गरेको हो ।
नेप्सेले अघि बढाएको छलफलमा बुक बिल्डिङबाट आउने कम्पनीको हकमा कट अफ प्राइस वा त्यसमा १० % घटाएर आउने मूल्यलाई नै ओपनिङ रेन्ज दिने तयारी भएको छ । योग्य संस्थागत लगानीकर्ताले रिलायन्समा दिएको आवेदनका आधारमा नेप्सेले कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण गरेको छ । यहि मूल्यमा १० प्रतिशत घटाएर आउने रकम अर्थात प्रति कित्ता ८२०.८० रुपैयाँ नै ओपनिङ रेन्ज हुनेगरी नेप्सेले छलफल अगाडि बढाएको हो । सर्वसाधारणले रिलायन्सको आईपीओमा हाल्नुपर्ने रकम पनि यहि हो ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले यस विषयमा अनौपचारिक छलफल भईरहेको तर संचालक समितिमा औपचारिक छलफल भईनसकेको बताए । ‘अनौपचारिक छलफल भएको हो । तर संचालक समितिमै छलफल हुनचाहिँ बाँकी छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै प्रवक्ता पराजुलीले भने ।
यता नेप्सेका सीइओ कृष्ण कार्कीले पनि यो विषय छलफलका लागि अगाडी बढाएको स्वीकारेका छन् । ‘छलफल अघि बढेको हो । निर्णयचाहिँ भएको छैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै सीइओ कार्कीले भने, ‘अन्य कम्पनीको हकमा दुई गुणासम्म गर्ने, बुक बिल्डिङको विषयमा कट अफ प्राइसमा १० प्रतिशत घटाएर गर्ने भन्ने विषयमा छलफल अघि बढाइएको हो ।’
यता विवादबाट बच्न नेप्सेले अरु कम्पनीको ओपनिङ रेन्ज घटाउने भएको छ । यसअघि कम्पनीको नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज दिनेगरी निर्णय हुँदै आएकोमा अव सो रेन्जलाई घटाएर दुई गुणामात्र गर्ने तयारी नेप्सेले गर्न लागेको हो । राम्रो काम गरेजस्तो गरेर रिलायन्सलाई फाइदा हुने निर्णय गर्ने काममा चरम भ्रष्टाचार भएको भन्दै अहिले नेप्सेकै कर्मचारीहरु अख्तियार जाने तयारीमा छन् ।
‘एकातिर राम्रो काम गरेजस्तो गरेर रिलायन्सलाई फाइदा हुने निर्णय हुन लागेको छ ।’ नेप्सेका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘यो सिधासिधा नीतिगत भ्रष्टाचार हो । हरेकपटक केहि न केहि राम्रो काम गरेजस्तो गरेर नेप्सेका हाकिमले घुस खाएर गलत कामको पनि निर्णय गर्ने गरेका छन् । नेप्सेका सीइओले यो विषयलाई छिटो टुंग्याउनुपर्यो भनेर दिनुभएको दबाबले नै यो विषयमा भ्रष्टाचारको गन्ध भेटिएको छ ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: