×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘माओवादीको दोहोरो चरित्रले वित्तीय क्षेत्र धरापमा पुग्यो, प्रचण्डले सडकमा नक्कली आन्दोलनकारी उतारे’- रोहन कार्की

PRIME CA

‘माओवादीको दोहोरो चरित्रले वित्तीय क्षेत्र धरापमा पुग्यो, प्रचण्डले सडकमा नक्कली आन्दोलनकारी उतारे’- रोहन कार्की

१३ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन चर्किरहेका बेला सेयर बजारका लगानीकर्ता रोहन कार्कीले वित्तीय अराजकता मच्चिनुमा मुख्य दोषी माओवादी पार्टी रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै लगानीकर्ता कार्कीले एकातिर आन्दोलन चर्काएर अर्कोतिर पीडितको पक्षमा देखिएजस्तो गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले बैंक तथा वित्तीय संस्थाका विरुद्धमा नक्कली आन्दोलनकारी खटाएर अराजकता मच्चाएको बताएका छन् । यस्तो छ कार्कीले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको स्टाटसः

अहिले मच्चिएरहेको वित्तीय अराजकताको मूल जड मुख्यतः माओवादी र उसको नेतृत्वको सरकारको दोहोरो चरित्रको कारण हो भन्ने प्रष्ट देखिन्छ । केही कारणहरु बुँदागत रुपमा राखेको छु ।

१. माओवादी अहिले प्रधानमन्त्री र गृहमन्त्रीसहित आफू सरकारमा छ, अनि बैंक तथा वित्तीय संस्था धराप बनाउन र अराजकता मच्चाउन मनिराम ज्ञवाली लगायतका आफ्ना कार्यकर्तालाई फिल्डमा नक्कली आन्दोलनकारीको रुपमा खटाएको छ ।

२. ‘क’ वर्गका बैंकसँग १४ प्रतिशतभन्दा बढिमा सापटी लिएर १७ प्रतिशतको बेस रेट भएको माइक्रोले २ प्रतिशत घाटामा १५ प्रतिशत ब्याजमा गाउँगाउँमा गएर बिना धितो साना व्यवसायीहरुलाई ऋण दिएर कसरी मिटरब्याजी भयो ?

३. आफैँ धामी आफैँ बोक्सी हुन मिल्छ प्रम ज्यु ? कि तपाईंले कुर्सी छोड्नुस कि मनिराम ज्ञवालीलाई तत्काल कार्वाह िगरेर माओवादी पार्टीबाट साधारण सदस्यसमेत नरहने गरि कार्वाही गर्नुस् कि त माओवादीकै राष्ट्रिय एजेण्डा बनाएर बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन घोषणा गरेर गभर्नरसँग पाउ पर्नुहोस् ।

४. समस्याको समाधान पनि नगर्ने अनि सरकारको नेतृत्व गरेर पीडक पनि आफैँ हुने अनि पीडितको तर्फबाट भन्दै आन्दोलनको नौटन्की गर्दै सबैतिर ठिक्क पारेर घिनलाग्दो भोटको राजनीति नगर्नुस् ।

५. माओवादीले अहिले आन्दोलन गरेर मागचाहिँ कोसँग राख्ने हो प्रमज्यु ? कि तपाईंले माओवादी छोडेर कांग्रेस प्रवेश गरिसक्नुभयो ?

६. वित्तीय क्षेत्र अत्यन्तै सम्वेदनशील हुन्छ, कृपया यसमा राजनीति गर्ने प्रयास नगर्नुस् । नत्र तपाईं अनि तपाईंको पार्टी पनि यही चक्करमा घुन पिसिएझैँ पिसिन सक्छ ।

७. १५ प्रतिशत भन्दा बढी कुनै लघुवित्तले ब्याज लिएको भए नेपाल राष्ट्र बैंकले प्रष्ट कार्वाही गर्छ । उजुरी हाल्नुस्, कार्वाही गर्ने निर्देशन दिने माओवादीकै सरकार छ । अनि नाटक र हल्लाचाहिँ के को हो ?

‘क’ वर्गका बैंकले १८ प्रतिशतसम्म ब्याज असुल्दा आफू घाटा खाएर भए पनि १५ प्रतिशत ब्याजमा ऋण दिने माइक्रो धपाएर गाउँका साहु–माहाजनको वार्षिक १०० प्रतिशतभन्दा बढिको मिटर ब्याजलाई प्रशय दिन खोज्या हो र माओवादीले ?

जहिले अराजकता, अशान्ति र अन्यौलतामै राजनितिक भविस्य देख्ने प्रचण्ड नेतृत्वको माओवादी अब सिद्दिने कि सच्चिने हो बेलैमा सोचोस् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: