×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्योदय सहकारी प्रकरणमा नयाँ ट्वीष्ट, अध्यक्षसहित ५ जनाविरुद्ध मुद्धा !

अर्थ सरोकार

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार

PRIME CA

सूर्योदय सहकारी प्रकरणमा नयाँ ट्वीष्ट, अध्यक्षसहित ५ जनाविरुद्ध मुद्धा !

काठमाडौँ । दोलखाको हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित ५ जना पक्राउ परेका छन् । कपिलमणि न्यौपाने मृत्यु प्रकरणमा प्रहरीले सहकारीका अध्यक्षसहित ५ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष छत्रराज उप्रेती, उपाध्यक्ष पुष्पाबहादुर लकाई, व्यवस्थापक महेन्द्र भुजेल, सचिव हरिबहादुर बुढासह-सचिव शिवकुमार कार्की रहेका छन् । पक्राउ परेका उनीहरुविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ । 

भएको के हो ? 
१५ माघ (मंगलबार) राति दोलखाको मेलुङ गाउँपालिका–१, पवटीस्थित हाम्रो सूर्योदय सहकारीबाट ३२ लाख ८७ हजार रुपैयाँ चोरी भएको थियो । सहकारीबाट ३२ लाख भन्दा बढी रकम चोरी भएको थाहा पाएपछि बचतकर्ताहरुले प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि सहकारीमा भएको चोरीको घटना सतहमा आएको थियो । 

सहकारीको रकम चोरी प्रकरणमा प्रहरीले सुरुमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । त्यसबेला प्रहरीले सहकारीको कार्यालय भएको घरधनी कपिलमणि न्यौपानेलाई पनि पक्राउ गरेको थियो । तर, सहकारीको रकम चोरीमा संलग्नता नदेखिएपछि प्रहरीले उनीहरुलाई फागुन २ गते रिहा गरेको थियो । तर, फागुन २ गते रिहा भएर घर गएका न्यौपाने शनिबार बिहान ५ बजे आफ्नै घर नजिकै रहेको आँपको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । 

त्यसपछि प्रहरीले न्यौपानेको मृत्यु प्रकरणबारे पनि अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा न्यौपानेको साथबाट प्रहरीले ‘सुसाईड नोट’ पार्यो, जसका आधारमा प्रहरीले सहकारीका अध्यक्ष, उपाध्यक्ष, व्यवस्थापक, सचिव र सह–सचिव गरी ५ जनालाई पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अघि बढाएको छ । 

प्रहरीका अनुसार न्यौपानेले ‘सुसाईड नोट’मा सहकारीमा भएको रकम चोरीको विषय सञ्चालकले गरेको नाटक भनेका छन् । सहकारीमा रकम चोरीको नाटक बनाएर सहकारीका सञ्चालकहरुले आफूलाई फसाउने योजना पहिले नै बनाईसकेको पनि उनले उक्त ‘सुसाईड नोट’मा लेखेका छन् । यतिसम्म की उनले उक्त प्रकरणमा मुकुन्द शोभित उप्रेती, पवित्रा बास्तोला, समिरा गौतम, अप्सरा खड्का, मुना कोइराला महेन्द्रको हात रहेको पनि उल्लेख गरेका छन् । हाल उक्त प्रकरणमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: