काठमाडौँ । सहकारी ठगीको आरोप लागेका नवरङ्ग सहकारीका चार जना सञ्चालक जेल चलान भएको छ ।
झापाको दमकस्थित उक्त सहकारीका अध्यक्ष सुरज लिम्बु, पूर्वउपाध्यक्ष आकाश थुलुङ, व्यवस्थापक सहरमान राई र कर्जा विभाग प्रमुख गौरव राजवंशी जेल चलान भएका हुन् । जिल्ला अदालत, झापाले उनीहरुले सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको ठहर गर्दै जेल सजाय सुनाएको हो ।
अदालतको फैसला अनुसार संस्थाका अध्यक्ष लिम्बु र पूर्व उपाध्यक्ष थुलुङलाई १ वर्ष कैद र १० हजार रुपैयाँ नगद जरिवाना सुनाईएको छ ।
त्यस्तै, सहकारीका व्यवस्थापक राई र कर्जा विभाग प्रमुख राजवंशीलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँ नगद जरिवाना सुनाईएको छ । अदालतले सहकारीमा भएको ४८ लाख हिनामिना प्रकरणमा उनीहरुलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो । उनीहरुविरुद्ध बचतकर्ता दिपु चापागाईं र तमोन्ना निरौलासहितको टोलीले अदालतमा मुद्दा दायर गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्