काठमाडौँ । देशभरका सहकारीहरुको अनुमगन हुने भएको छ । नेपाल राष्ट्र बैंकले सहकारीको निरीक्षण तथा अनुगमनका लागि प्रतिनिधि उपलब्ध गराएपछि सहकारी विभागले सहकारी अनुगमन सुरु गर्ने भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार राष्ट्र बैंकले सहकारी अनुगमका लागि भन्दै तीन जना प्रतिनिधि पठाएको छ ।
सहकारी निरीक्षणका लागि राष्ट्र बैंकका प्रतिनिधि र सहकारी विभागबीच अनुगमन ‘मोडालिटी’बारे छलफलसमेत भईसकेको छ ।
विभागका अनुसार राष्ट्र बैंकका तीन जना प्रतिनिधिसहितको तीनवटा समूह बन्नेछ । जसमा विभागमा कार्यरत लेखा उपसचिव र दुईजना रजिष्ट्रारसमेत रहनेछन् । निरीक्षणका क्रममा उक्त टोलीले सहकारीको संख्या र कार्यक्षेत्रका आधारमा कार्यबोझ हेरी बाटो म्यादबाहेक निरीक्षण भए एकदेखि दुईदिन समय तोक्नुपर्नेछ ।
त्यस्तै, ५ करोडसम्म जायजेथा भएका सहकारी संस्थाको अनुगमन भए तीन दिन र ५ करोडदेखि २५ करोडसम्म जायजेथा भए पाँच दिन समय तोक्नुपर्नेछ । त्यस्तै, २५ देखि ५० करोडसम्म जायजेथा भएका सहकारीलाई ७ दिन, ५० करोडदेखि १ अर्बसम्म जायजेथा भएका सहकारीलाई १० दिन र १ अर्बभन्दा बढी जायजेथा भएका सहकारीको अनुगमनका लागि १२ दिनको समय तोक्नुपर्ने विभागले जनाएको छ ।
विभागका अनुसार सहकारीहरुको सुपरीवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका २०७७ अनुसार अनुगमन तथा निरीक्षण हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्