×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्यदर्शन सहकारी ठगी प्रकरणः पक्राउ परेका प्रमोद जेल चलान 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सूर्यदर्शन सहकारी ठगी प्रकरणः पक्राउ परेका प्रमोद जेल चलान 

Artha Sarokar

१ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको सञ्चालक समितिका सदस्य प्रमोद भट्टराई जेल चलान भएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको एकल इजलासले भट्टराईलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । अदालतको आदेशसँगै भट्टराईलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

सुनसरीको इनरुवा नगरपालिका-५ घर भएका भट्टराईलाई काठमाडौँ प्रहरीले बिहीबार गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरेको थियो । 

पक्राउ परेसँगै जिल्ला अदालत पेश गरिएकोमा अदालतले भट्टराईलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । योसँगै सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या पाँच पुगेको छ । 

यसअघि पक्राउ परेका सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक समितिका सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याल पनि पुर्पक्षका लागि कारागार चलान भइसकेको छन् । सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई भने अझै फरार रहेका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी