काठमाडौं। पुस शुक्ल पूर्णिमादेखि लागेको शालीनदी मेलामा यतिबेला भक्तजनको भिड बढेको छ । पुजाआजा र दर्शन गर्नेहरुसँगै यहाँ मेला घुम्नकै लागि पनि जिल्ला तथा जिल्ला बाहिरबाट भक्तजनहरु आउने गर्छन् ।
एक महिने कठोर ब्रतका रुपमा मानिने स्वस्थानी ब्रत अर्थात् माधवनारायणको मेलामा अहिले चहलपहल बढेको व्यपारीहरुले जनाएका छन् । मेलामा खुवा, पाउँ, दाल, गेडागुडी, श्रीङगारलगायत सामग्री बिक्रीका लागि राखिएको छ । मेलको मुख्य आकर्षण नै दाल, खुवा र तितौरा हो ।
शालीनदीमा एक महिनासम्म विभिन्न जिल्लाबाट भक्तजनहरु स्नान गर्न र दर्शन गर्नकै लागि आउने गर्छन् । बाँकी तस्विरमा हेर्नुहोस् :