×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भीभीआइपी सवारीका नाममा सास्ती नदिन सर्वोच्चको आदेश

अर्थ सरोकार

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार

PRIME CA

भीभीआइपी सवारीका नाममा सास्ती नदिन सर्वोच्चको आदेश

काठमाडौँ । अभिविशिष्ट व्यक्ति (भीभीआइपी)को सवारीका नाममा सर्वसाधारणलाई सास्ती नदिन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशहरु मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले भीभीआइपीको सवारीका नाममा सर्वसाधारणलाई सास्ती नदिन सरकारका नाममा आदेश दिएको हो ।

भीभीआइपी सवारीका नाममा हुने सास्ती रोक्न भन्दै अधिवक्ता ज्ञानेश्वर कोइरालाले २०७४ माघ १९ गते रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाई गदै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।

योसँगै अब भीभीआइपी सवारी हुँदा सर्वसाधारणलाई बाटो हिँड्न रोक्ने, सवारीसाधन रोक्ने, पैदल यात्रीलाई अवरोध गर्ने लगायतका कामकारवाही गर्न नपाइने भएको छ । आदेशको लिखित रुप भने आउन बाँकी छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: