×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बोर्डमा ब्रोकरसम्बन्धि ‘उजुरीको पहाड’, उही विषयमा ७ दिनमा २ विज्ञप्ति निकालेर दलालहरुहरुको अर्को रेकर्ड !

PRIME CA

बोर्डमा ब्रोकरसम्बन्धि ‘उजुरीको पहाड’, उही विषयमा ७ दिनमा २ विज्ञप्ति निकालेर दलालहरुहरुको अर्को रेकर्ड !

२५ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा ब्रोकर सम्बन्धि उजुरीले इतिहास रचेको छ । इतिहासमै पहिलोपटक एकै हप्तामा डेढ सय बढी उजुरी पर्दा बोर्डमा उजुरीले रेकर्ड राखेको हो । बोर्डका उजुरी हेर्ने साखाका अधिकृत बिनोद पौडेलका अनुसार गत शुक्रबारसम्म डेढ सय उजुरी बोर्डमा परिसकेको छ भने त्यसपछि पनि उजुरी आउने क्रम रोकिएको छैन । धितोपत्र दलाल व्यवसायीहरुले प्राविधिक रुपमा आएका केहि समस्याका कारण भुक्तानी नगर्न नसकेको र सो समस्या समाधान भईसकेको भन्दै केहि दिन अगाडी बिज्ञप्ति जारी गरेका थिए । तर ब्रोकरहरुले समस्याको समाधान भईसकेको भनेपनि लगानीकर्ताहरुले भने पैसा नपाउने, लगायतका समस्या भोगिरहेका छन् ।
उही विषयमा ७ दिनमा दलालहरुको दुई विज्ञप्ति !
यता सेयर ब्रोकरहरुले उही विषयमा ७ दिन भित्रको समयमा २ विज्ञप्ति निकालेर अर्को रेकर्ड राखेका छन् । यसअघि माघ १९ गते स्टक ब्रोकर एसोसिएसनले एक विज्ञप्ति जारी गरेर प्राविधिक कारणले सेयर दलालहरुले लगानीकर्तालाई समयमा पैसा भुक्तानी दिन नसकेको बताएका थिए । पछि अर्थ सरोकारसँग कुराकानी गर्दै संघका अध्यक्ष धर्मराज सापकोटाले सो समस्या समाधान भईसकेको दाबी गरेका थिए ।
त्यसको केहि दिनपछि अर्थात माघ २५ गते पुन: ब्रोकरहरुले एक विज्ञप्ति जारी गर्दै संघले आफुसँग भएको गुनासो तथा समस्या समबन्धित ब्रोकरको गुनासो व्यवस्थापन शाखामा राख्न आग्रह गरेको हो । बोर्डमा उजुरीको संख्या ह्वात्तै बढेपछि ब्रोकरहरुले पुन: विज्ञप्ति नै जारी गरेर यस्तो बताएका हुन् ।
संघले केहि संचारमाध्यमले भ्रामक समाचार प्रकाशन गरेको भन्दै संघले भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ । केहि दिन अगाडी केहि संचारमाध्यमले ब्रोकरहरुमा समस्या नै नरहेको, सबैले समयमा नै पैसा पाईरहेको आशयको समाचार प्रकाशन गरेका थिए ।
यता बोर्डले भने ब्रोकरहरुले लगानीकर्तालाई पैसा नदिए पनि ब्रोकरहरुलाई कार्वाही नगर्ने, बरु, ब्रोकरहरुलाई आएका उजुरीहरुबारे जनाकारी दिएर सहजीकरण गरिदिने रणनीति लिएको छ । सोहि अनुसार एउटै ब्रोकरका नाममा दर्जनौँ उजुरी पर्दा पनि बोर्डले ब्रोकरहरुलाई कार्वाही गर्न वा सचेत गराउने आँट गरेको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: