×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कहाँ पुग्यो धितोपत्र बोर्डका अध्यक्ष नियुक्त गर्ने प्रक्रिया ? यहि बर्ष टुङ्ग्याउने प्रयास, प्रत्यासीहरु दौडधुपमै !

PRIME CA

कहाँ पुग्यो धितोपत्र बोर्डका अध्यक्ष नियुक्त गर्ने प्रक्रिया ? यहि बर्ष टुङ्ग्याउने प्रयास, प्रत्यासीहरु दौडधुपमै !

२६ माघ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड अहिले नेतृत्वविहीन छ । तत्कालीन अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएपछि उनी बोर्डबाट बिदा भएका छन् भने बोर्डमा कार्य संचालन गर्ने अधिकार डा. नवराज अधिकारीलाई दिईएको  छ । कामचलाउ नेतृत्वले महत्वपूर्ण काम गर्न नमिल्ने भएपछि बोर्डमा थुप्रै काम अल्झिएर बसेको छ ।

कहाँ पुग्यो प्रक्रिया ?
अहिले सरकारले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न सरकारले सिफारिस समिति गठन गरेको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ संयोजक, अर्थमन्त्रालयका सचिव कृष्णहरी पुस्कर र शंकरदेव क्यापसका प्रध्यापक सदस्य रहेको सो समितिले सरकारलाई  अध्यक्ष नियुक्तिका लागि नामहरु सिफारिस गर्नेछ । सिफारिस भएका नामहरुमध्ये क्याबिनेटले एकलाई बोर्डको अध्यक्ष बनाउनेछ ।
सो समितिको पहिलो बैठक सम्पन्न भएको छ । पहिलो बैठकले रिक्त रहेको रहेको पदमा अध्यक्ष नियुक्तिको कार्यविधि बनाएर अघि बढ्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयका अनुसार कार्यविधि बनाएर आगामी बैठकले पारित गर्ने र पारित भए लगत्तै अध्यक्ष नियुक्त गर्न सूचना निकाल्ने काम हुने छ ।
यहि बर्ष टुङ्ग्याउने प्रयास, प्रत्यासीहरु  दौडधुपमै !
समितिले २०८० सालभित्रै सो काम टुंग्याउने प्रयासमा काम गरिरहेको बुझिएको छ । ‘हामीले धेरै समय लगाउँदिनौं । केहि समयभित्र सबै टुंगिन्छ ।’ समितिका एक सदस्यले अर्थ सरोकारसँग भने, ‘छिटोभन्दा छिटो काम सक्काउँ भन्ने छ । माथिको प्रेसर पनि त्यहि छ ।’
यता प्रत्यासीहरु पनि अझै दौडधुपमै छन् । बोर्डका अध्यक्ष बन्न खोज्नेहरु अहिले पनि विभिन्न राजनीतिक दलका नेता र तिनका दाहिने हातका रुपमा काम गर्ने बिचौलियाहरुलाई भेट्ने काम गरिरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: