×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बोर्डमा पैसा नपाएको उजुरी र बजारमा विज्ञप्तिको बाढी, दलालज्यूहरुले छाम्ने कि आफ्नो पनि नाडी ! (सम्पादकीय)

PRIME CA

बोर्डमा पैसा नपाएको उजुरी र बजारमा विज्ञप्तिको बाढी, दलालज्यूहरुले छाम्ने कि आफ्नो पनि नाडी ! (सम्पादकीय)

२६ माघ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै लगानीकर्ताले सेयर बेचेको पैसा नपाएर हैरानी खेप्नुपरेको बेला पूराना सेयर दलालहरुको संगठन संगठित रुपमै आफुलाई बचाउने, सिष्टम र मिडियालाई दोष दिने र आफ्नो ‘असक्षमता’ लुकाउने दुष्प्रयासमा छन् । नेपाल धितोपत्र बोर्डमा ब्रोकरले पैसा दिएनन् भन्ने उजुरीले रेकर्डमाथि रेकर्ड कायम गरिरहँदा, नियामकको नेतृत्व आफु काम चालाउ मात्र भएको भन्दै ब्रोकरहरुलाई कार्वाही गर्न डराईरहेको छ भने यहि मौकामा ब्रोकरहरु बोर्डमा परेका उजुरीहरुको लाजले आफ्नो लाज जोगाउन भुक्तानीमा समस्या नरहेको र त्यसमा आफ्नो दोष नभएको भन्दै पन्छिरहेका छन् ।
जव मान्छे कमजोर छ, उसले अस्वाभाविक रिस र आवेग देखाउँछ । अहिले सेयर ब्रोकरहरुको हालत पनि त्यस्तै भएको छ । उनीहरु आफ्नो कमजोरीबारे लेखिदिने, बोलिदिने संचारमाध्यमलाई टार्गेट बनाएर आफ्नो गल्ती ढाकछोप गर्ने प्रयासमा छन् । तर सत्य त यहि हो, ब्रोकरहरुले गर्ने भुक्तानीमा समस्या छ । समस्या नभएको भए उजुरी लेखेर, तयार गरेर, सहि गरेर, धितोपत्र बोर्डमा इमेल लेख्न कसलाई रहर हुँदो हो र !
गत शुक्रबारसम्म मात्र नेपाल धितोपत्र बोर्डमा ब्रोकरहरुले पैसा दिएनन् भन्ने डेढ सय बढी उजुरी परिसकेको छ भने त्यसपछि पनि उजुरी कम हुने छाँटकाँट छैन । ब्रोकरहरु समस्या छैन भनिरहने, अनि बोर्डमा रेकर्ड नै ब्रेक गर्नेगरी उजुरीका चाङ देखिनुले ब्रोकरहरुमा कुन हदसम्मको समस्या छ भन्ने प्रष्ट पार्छ ।
यता ७ दिनको अवधिमा स्टक ब्रोकर एसोसिएनले पनि २ विज्ञप्ति निकालेर आफ्नो कमजोरी लुकाउने दुष्प्रयास गरेको छ । एक हप्ताअगाडीसम्म सिष्टममा समस्या भएको र समस्याको समाधान भईसकेको भनेर पन्छिने ब्रोकर, १ हप्तापछि पनि ब्रोकरका समस्या समाधान नभएको भन्दै लगानीकर्ताले बोर्डको गुहार मागेपछि अहिले एकातर्फ हाम्रो दुस्प्रचार भयो भनेर समस्याबाट भाग्न खोजिरहेका छन् भने अर्कोतर्फ आफ्नो कमजोरी लुकाउन विज्ञप्तिबाजीमा उत्रिएका छन् ।
दलालहरुले जति आफ्नो बचाउ गरेपनि खासमा अहिले ब्रोकरहरुको भुक्तानीमा समस्या छ । बोर्डमा परेका उजुरीले यसको प्रष्ट चिन्त्रण गर्छ । तर बोर्ड नेतृत्व नै सेयर लगानीकर्ताको अभिभावकहरुको संरक्षक हुनुपर्नेमा पूराना ब्रोकरहरुको ‘दोस्त’ भएपछि समस्या निम्तिएको छ । बोर्ड नेतृत्वविहीन हुँदा नेपाली सेयर लगानीकर्ताहरुलाई हेप्ने र पेल्ने काम भएको छ । यसमा नियामकीय कुर्सीमा बसेकाहरु ‘हामी त काम चलाउ हौँ’ भनेर उम्किरहेका छन् । परिणाम, यसले सेयर लगानीकर्ताको स्वतन्त्र रुपमा कारोबार गर्ने र सेयर बेचेको पैसा समयमा पाउने अधिकारको समेत हनन भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: