Skip to content
LAXMI SUNRISE BANK

यी हुन् सेयर बेचेको पैसा समयमा नदिएको भन्दै बोर्डमा सबैभन्दाबढी उजुरी पर्ने ५ दलाल कम्पनी !

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो समय सेयर बेचेको पैसा समयमा नै भुक्तानी नगरेको भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरी गर्ने क्रम ह्वात्तै बढेको छ । सोमध्ये सबैभन्दा बढी उजुरी ५ सेयर ब्रोकर कम्पनीविरुद्ध रहेको पाइएको छ । पछिल्लो १ हप्तामै डेढ सय उजुरी परेको बोर्डमा पछिल्लो ६ महिनाको तथ्यांक हेर्दा सबैभन्दा बढी उजुरी ब्रोकर नम्बर ५८, ब्रोकर नम्बर ३८, ब्रोकर नम्बर ४९, ब्रोकर नम्बर ४६ र ब्रोकर नम्बर ३४ रहेको पाइएको छ ।
बोर्डका अनुसार पछिल्लो ६ महिनामा सबैभन्दा बढी ब्रोकर नम्बर ५८ विरुद्ध उजुरी परेको छ । कारोबारका हिसाबले पनि यो सबैभन्दा बढी कारोबार गर्ने ब्रोकर कम्पनी हो ।
५८ पछि सबैभन्दा बढी उजुरी परेको ब्रोकर, ब्रोकर नम्बर ३८ अर्थात दिपशिखा धितोपत्र कम्पनी हो । ब्रोकर नम्बर ३८ भनेको मोफसलमा समेत राम्रो संख्यामा क्लाइण्ट बेस भएको कम्पनी हो ।
यस्तै दिपशिखापछि सबै भन्दा बढी उजुरी अनलाइन सेकुरिटिजविरुद्ध परेको छ भने त्यसपछि ब्रोकर नम्बर ३४ अर्थात भिजन सेक्युरिटिज बढी उजुरी पर्ने ब्रोकरमा पर्छन् । भिजन सेक्युरिटिजले पनि विभिन्न स्थानहरुमा शाखा बढाउँदै लागेको छ । भिजनपछि कालिका सेक्युरिटिजविरुद्ध बढी उजुरी परेका छन् ।
‘कति महिनाको तथ्यांक हेर्ने भन्ने कुरा हो । पछिल्लो ६ महिनाको तथ्यांक हेर्ने हो भने त बोर्डमा ब्रोकर नम्बर ५८ विरुद्ध नै ३०० बढी उजुरी परेका छन् । ‘ धितोपत्र बोर्डका एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘पछिल्लो हप्ता पनि सबै भन्दा बढी उजुरी पर्ने कम्पनी पनि यहि ५८ नै हो ।’
ती अधिकारीका अनुसार जति उजुरी परेपनि पछिल्लो समय भने ब्रोकरहरुलाई खास सचेत गराउने काम भएको छैन । पूराना अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि उजुरी आउने क्रम बढेको र ब्रोकरहरुलाई सचेत गराउने काम कम भएको ती अधिकारीहरुको भनाई छ ।
ब्रोकरहरुले पैसा नदिएर सेयरधनीको रकम होल्ड गरेको तथ्य बाहिरिन थालेपछि स्टक ब्रोकर एसोसिएसनले एक हप्तामै दुई विज्ञप्ति जारी गरेर भुक्तानीमा समस्या नभएको दाबी गर्दै आएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK