×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार किन घट्यो ? झट्ट हेर्दा सामान्य, तर, बुझ्दा ‘गम्भीर ३ तथ्य’, जसले बजार घटाउन ‘आगोमा घ्यु थप्यो’…   

GLOBAL IME BANK

सेयर बजार किन घट्यो ? झट्ट हेर्दा सामान्य, तर, बुझ्दा ‘गम्भीर ३ तथ्य’, जसले बजार घटाउन ‘आगोमा घ्यु थप्यो’…   

१९ माघ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर कारोबारका पछिल्ला दिन नेप्सेमा लाल रङ बढी देखियो । ब्याज घटेको र अझै घट्ने सम्भावनाको स्थिति, लामो समयको बीयरिस र साइडवेज सकिएर सम्भावित बुलको यात्रामा लागेको बजारमा फरक खालको ब्रेक देखियो । लगानीकर्ताको मनोविज्ञान अलि सकारात्मक हुनै लाग्दा फेरि केहि घटनाक्रमले बजार घटाएको देखियो, जुन सुन्दा सामान्य लाग्न सक्छ । तर घोरिएर बोझ्दा यी तथ्य गम्भीर छन् ।
१. भाटभटेनीविरुद्ध करछलीको ठहर 
भाटभटेनीका मालिक मिनबहादुर गुरुङ सेयर बजारका ठुलै खेलाडी हुन् । अहिले अदालतले उनलाई डेढ अर्ब  रुपैयाँभन्दा बढी कर तिर्नुपर्ने फैसला गरेको छ । यसले एकातर्फ गुरुङमाथि दायित्व थपिएको छ भने अर्कोतर्फ उनको लगानीको मनोविज्ञानलाई पनि असर गरेको छ । गुरुङविरुद्धको यस्तो फैसलापछि केहि दिन उनको टोली पनि कारोबारमा खास सक्रिय देखिएन । यसले बजार घटाउन कतै न कतै मद्धत गरेको हुनुपर्छ ।
२. खरबौंको हुण्डी प्रकरणमा ब्रोकर नै पक्राउ !
कसैले मान्न तयार भए पनि नभए पनि, सेयर बजारमा इन्फर्मल इकोनिमि अर्थात अनौपचारिक अर्थतन्त्रको पैसा पनि आउने गरेको छ । यस्तो रकम केहि दिन यता बजारमा ठप्पैजस्तो देखिएको छ । सेयर बजारमा ठुलै खेल खेल्नेहरुमध्ये कतिपय जेल पुगेका छन्, कति साथीभाई जेल पुगेकोमा स्तब्ध छन् । यस्तो बेलामा उनीहरुको मनोविज्ञानले सेयर बजारमा असर गरेको छ । यसको प्रभावले पनि बजार माथि जान नदिएको हुनसक्छ ।
३. चौधरीका भाइ अरुण पक्राउ
अर्बपति सांसद विनोद चौधरीका भाइ अरुण पक्राउ पर्नाले पनि सेयर कारोबारीहरुलाई झक्झकाएको छ । यसको प्रभाव बिहीबारको बजारमा देखिएको आंकलन गरिएको छ । चौधरी समूहभित्र पनि सेयर बजारमा राम्रै लागेको समूह छ । सो समूह अवको केहि समय नै बजारमा निष्क्रिय हुने देखिन्छ ।
सेयर बजारमा ससाना घटनाले पनि लगानीकर्ताको मनोविज्ञानलाई असर गर्छ । बुल बजारमा ठुला घटनाले पनि बजारलाई असर नगरे पनि बुलउन्मुख बजार वा बियरिस बजारमा ससाना घटनाले पनि बजारलाई असर गर्नेगर्छ । नेपाली बजारमा देखिएका तीन घटनाले पनि सेयर बजारलाई केहि न केहि असर पक्कै गरेको विश्लेषण जानकारहरुको छ ।
यद्यपी सेयर बजारका अग्रज लगानीकर्ताहरु अरु डराएका बेला किन्नुपर्ने र सबै रमाईरहेका बेला सेयर बेचेर प्रफिट बुक गर्नुपर्ने सुझाव दिन्छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: