काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१.७० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७ सय ८२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब २१ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ३३ करोड ५८ लाख ३२ हजार ८ सय ९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा युनिक नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा मोलुङ्ग हाइड्रोपावर, समाज लघुवित्त वित्तीय संस्था, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची:

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ३३ करोड ५८ लाख ३२ हजार ८ सय ९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा एशियन लाइफ इन्स्योरेन्स, नेपाल इन्फ्रास्ट्रकचर, ङ्गादि ग्रुप पावर, रिडी पावर कम्पनी र सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा महिला लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको हो । महिला लघुवित्त वित्तीय संस्थामा यस्तो गिरावट आउँदा रावा इनर्जी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, मन्दाकिनी हाइड्रोपावर र आरबिबि म्युचुअल फण्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्