×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टेलिभिजन अन्तर्वार्तामा सेयर खरिदबिक्रीको सल्लाह दिएर आफैँ चलखेल गर्ने १५ जना सेबीको कारवाहीमा, यस्तो थियो कसुर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

टेलिभिजन अन्तर्वार्तामा सेयर खरिदबिक्रीको सल्लाह दिएर आफैँ चलखेल गर्ने १५ जना सेबीको कारवाहीमा, यस्तो थियो कसुर

Artha Sarokar

४ फाल्गुन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जी न्युजको टेलिभिजन कार्यक्रम ‘प्रफिट मेकर्स’मा अन्तर्वार्ता दिएर सेयर खरिदबिक्रीको सल्लाह दिई आफैँ चलखेल गर्ने १५ जना कारवाहीमा परेका छन् । जी न्युजको एक टेलिभिजन कार्यक्रममा जाने एक्सपर्टहरुले पहिला नै आफ्नो टिममा आफुले भनेका कुरा राख्ने, र टेलिभिजनको सो कार्यक्रम प्रशारण भएपछि त्यसको फाइदा लिने गरेको देखिएपछि सेबीले ती १५ जना एक्सपर्टहरुलाई कार्वाही गरेको हो ।
भारतीय सञ्चारमाध्यम ‘लाइभमिन्ट’का अनुसार सेबीले उनीहरुलाई ७ करोड ४१ लाख भारतीय रुपैयाँको जरिवानासमेत गरेको छ।
सेबीका अनुसार टेलिभिजनमा अन्तर्वार्ता दिने १० जना र उनीहरुको समूहका ५ जनालाई कारवाही भएको हो । उनीहरुलाई कारोबारमासमेत विभिन्न खालका बन्देज लगाइएको छ ।
लाइभमिन्टको समाचार अनुसार सेबीले जी न्युजमा सन् २०२२ फेब्रुअरी १ देखि २०२२ डिसेम्बर ३१ सम्मका टिभी कार्यक्रमबारे छानविन गर्दा यस्तो तथ्य बाहिरिएको थियो । टेलिभिजन अन्तर्वार्तामा जाने नियत नै गलत देखिएको भन्दै सेबीले उनीहरुलाई कार्वाही गरेको जनाएको छ ।
सेबीको कार्वाहीविरुद्ध ती १५ जना पुनरावेदनका लागि अदालत जाने तयारीमा छन् भने यस विषयमा अन्तिम टुंगो नलागेसम्म टेलिभिजनका सबै रेकर्डहरु सुरक्षित राख्न जई न्युजलाई सेबीले अनुरोधसमेत गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी