×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ६.४६ अंकले घट्यो नेप्से परिसूचक

PRIME CA

बुधबार ६.४६ अंकले घट्यो नेप्से परिसूचक

९ फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ६.४६ अंकले घटेर २०२६.५९  बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१३ कम्पनीको ६२ लाख ४१ हजार १ सय ७४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब २४ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ११ करोड १२ लाख २८ हजार ५ सय ६९ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलवा हिमालयन उर्जा विकास कम्पनी, समाज लघुवित्त वित्तीय संस्था, बोटलर्स नेपाल (तराई), आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र मोलुङ्ग हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको बुधबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको  ११ करोड १२ लाख २८ हजार ५ सय ६९ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा एनआइसी एशिया बैंक, पिपुल्स हाइड्रोपावर, सगरमाथा जल विद्युत कम्पनी, मोलुङ्ग हाइड्रोपावर र जोशी हाइड्रोपावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर ब जारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । पिपुल्स हाइड्रोपावरमा यस्तो गिरावट आउँदा हिमालयन हाइड्रोपावर, त्रिसुली जल विद्युत, हिमालयन ८०-२० र मैलुङ्ग खोला जल विद्युतमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: