काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २६.८१ अंकले घटेर १९७९.०२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९ सय ३० कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार सन नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको २५ करोड १८ लाख १२ हजार २ सय ४२ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलवा चिरख्वा हाइड्रोपावर, धौलागिरी हाइड्रोपावर, गुर्खाज फाइनान्स, सन नेपाल लाइफ इन्स्योरेन्स र लक्ष्मी उन्नति कोषका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सन नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको २५ करोड १८ लाख १२ हजार २ सय ४२ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा जोशी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, गुर्खाज फाइनान्स, ङ्गादि ग्रुप र एनआइसी एशिया बैंकमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । समाज लघुवित्त वित्तीय संस्थामा यस्तो गिरावट आउँदा मोलुङ्ग हाइड्रोपावर, समलिंग पावर, बलेफी हाइड्रोपावर र जोशी हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्