काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३०९ कम्पनीको ७४ लाख ४६ हजार ९ सय ९१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५९ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ११ करोड १३ लाख १० हजार ३ सय ४६ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बिशाल बजार कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।यस अलवा मनकामना स्मार्ट लघुवित्त, मानुषी लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था, एनएमबी ५० र बिशाल बजार कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ११ करोड १३ लाख १० हजार ३ सय ४६ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा जोशी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट नेपाल, शिवम् सिमेन्ट र ङ्गादी ग्रुप पावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । जोशी हाइड्रोपावरमा यस्तो गिरावट आउँदा अपर स्याँगे हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर, इङ्ग्वा हाइड्रोपावर र एनआइसी एशिया ग्रोथ फण्ड-२ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्