काठमाडौँ । सांसद महेश कुमार बर्तौलाले संसदमै शिवम् सिमेन्टले राजस्व चुहावट गरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद बर्तौलाले मकवानपुरगढी गाउँपालिकाको खोटारमा शिवम् सिमेन्टले अवैध रुपमा खानी उत्खनन् गरेर सरकारको आँखा छली राजस्व चुहावट गरेको बताएका हुन् ।
‘उद्योगले जथाभावी उत्खनन् गर्दा अहिले मकवानपुरको ठूलो बस्ती जोखिममा छ ।’, उनले भने, ‘अवैध उत्खनन् कार्यमा शिवम् सिमेन्टले राजस्वमा गम्भीर चुहावट गरेको अवस्था छ ।’
सार्वजनिक सम्पत्तिमा उद्योगले मनपरी रुपमा नियमविपरित उत्खनन् गरेर राज्यमाथि बेइमानी गर्दा पनि सरकारका सार्वजनिक निकाय भने आँखामा पट्टी बाँधेर बसेको सांसद बर्तौलाले आरोप लगाएका छन् । उनले शिवम् सिमेन्टको अवैध उत्खनन् र बदमासीको छानबिन गर्न तथा समस्या समाधान गर्न संसदीय समितिको पनि माग गरेका छन् ।
त्यस्तै, उनले शिवम् सिमेन्टकै कारण मकवानपुरगढी गाउँपालिकाको सुकौरा, कुर्ले, डुम्रेकुरा, धमिले, झल्ला, धादिङ, चौकीटोल, लालझाडी लगायतका बस्ती जोखिममा परेको पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्