Skip to content
LAXMI SUNRISE BANK

छोरा जेल परेपछि ब्रोकर नम्बर २० का संचालकले लगानीकर्ताको पैसा फिर्ता गर्न सकेनन्, कम्पनी नै निलम्बनमा 

अर्थ सरोकार

काठमाडौँ । लगानीकर्ताको पैसा फिर्ता गर्न नसकेपछि सिप्ला सेक्युरिटिज (ब्रोकर नम्बर २०) निलम्बनमा परेको छ । तोकिएको समयभित्र राफसाफ र फर्छ्यौट कार्य गर्न नसकेको भन्दै नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सिप्ला सेक्युरिटिजलाई निलम्बन गरेको हो ।  

‘सिडिएस एण्ड क्लिरियरिङ्ग लिमिटेडको फागुन १३ गतेको पत्रमार्फत तोकिएको समयावधि भित्र राफसाफ तथा फछर्यौट कार्य नगरेको भनी निलम्बनका लागि सिफारिस भई आएकोले तीन कार्यदिनका लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ ।’, नेप्सेको पत्रमा उल्लेख छ । 

हाल ब्रोकर नम्बर २० (सिप्ला सेक्युरिटिज)का संचालकका छोरा आशिष अग्रवाल अवैध क्रिप्टोको कारोबार प्रकरणमा जेल चलान भएका छन् । नेपालमा गैरकानुनी मानिएको क्रिप्टो करेन्सी कारोबारमा संलग्नता पुष्टि भएसँगै छोरा जेल चलान भएपछि सिप्लाका संचालकले लगानीकर्ताको पैसा फिर्ता गर्न सकेका छैनन् । 

संचालकले लगानीकर्ताको रकम नै फिर्ता गर्न नसकेपछि सिप्ला सेक्युरिटिजलाई नै तीन दिनका लागि निलम्बनमा राखेको नेप्सेले जनाएको छ । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK