काठमाडौँ । लगानीकर्ताको पैसा फिर्ता गर्न नसकेपछि सिप्ला सेक्युरिटिज (ब्रोकर नम्बर २०) निलम्बनमा परेको छ । तोकिएको समयभित्र राफसाफ र फर्छ्यौट कार्य गर्न नसकेको भन्दै नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सिप्ला सेक्युरिटिजलाई निलम्बन गरेको हो ।
‘सिडिएस एण्ड क्लिरियरिङ्ग लिमिटेडको फागुन १३ गतेको पत्रमार्फत तोकिएको समयावधि भित्र राफसाफ तथा फछर्यौट कार्य नगरेको भनी निलम्बनका लागि सिफारिस भई आएकोले तीन कार्यदिनका लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ ।’, नेप्सेको पत्रमा उल्लेख छ ।
हाल ब्रोकर नम्बर २० (सिप्ला सेक्युरिटिज)का संचालकका छोरा आशिष अग्रवाल अवैध क्रिप्टोको कारोबार प्रकरणमा जेल चलान भएका छन् । नेपालमा गैरकानुनी मानिएको क्रिप्टो करेन्सी कारोबारमा संलग्नता पुष्टि भएसँगै छोरा जेल चलान भएपछि सिप्लाका संचालकले लगानीकर्ताको पैसा फिर्ता गर्न सकेका छैनन् ।
संचालकले लगानीकर्ताको रकम नै फिर्ता गर्न नसकेपछि सिप्ला सेक्युरिटिजलाई नै तीन दिनका लागि निलम्बनमा राखेको नेप्सेले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्