×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सञ्चालकलाई १ करोड २५ लाख भत्ता बाँडेको सोनापुर १४ करोड नोक्सानीमा, ईपीएस पनि ऋणात्मक (थप विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

सञ्चालकलाई १ करोड २५ लाख भत्ता बाँडेको सोनापुर १४ करोड नोक्सानीमा, ईपीएस पनि ऋणात्मक (थप विवरणसहित)

२९ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड १४ करोड रुपैयाँ नोक्सानीमा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले कुल १४ करोड ७८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको हो । जबकी गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसअवधिमा कम्पनीको आम्दानी पनि ५९.२१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २५ करोड ७३ लाख रुपैयाँ धनात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा चालु आर्थिक वर्षमा १ करोड १४ लाख रुपैयाँ ऋणात्मक भएको छ । त्यस्तै, कम्पनीको कुल नाफा पनि ७७.०८ प्रतिशतले घटेको छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९ रुपैयाँ ६२ पैसा (वार्षिक) ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ । 

स्मरण रहोस्, यो त्यही कम्पनीले हो जसले एक वर्षमै कम्पनीका सञ्चालकलाई तलब भत्तास्वरुप १ करोड २५ लाख १९ हजार ८ सय ६५ रुपैयाँ बाँडेको थियो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश नदिने निर्णय गरेर सेयरधनीको हात पनि खाली गराएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: