×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर दलालहरुको विज्ञप्ति : ‘साँच्चैको समस्या कि बजार घटाउने दाउ ?’ समस्या समाधान भएपछि किन निकालियो ?

PRIME CA

सेयर दलालहरुको विज्ञप्ति : ‘साँच्चैको समस्या कि बजार घटाउने दाउ ?’ समस्या समाधान भएपछि किन निकालियो ?

२१ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पूराना सेयर दलालहरुको संगठन स्टक ब्रोकर एसोसिएसनले विज्ञप्ति नै जारी गरेर सेयरको पैसा विभिन्न कारण समयमा नै दिन नसकिएको दाबी गरेका छन् ।

माघ ३ र ४ गते ठुलो परिमाणमा र धेरै पटक एकैपटक सेयर कारोबार भएको, माघ ३ गतेको नियमित राफसाफ माघ ५ गते भए पनि माघ ४ गते बेलुकीबाट टिएमएस मर्मतका लागि बन्द भएको र माघ ७ गते मात्र बिल जेनेरेट भएको, पेमेन्ट गेटवेमा चाप बढेको, दैनिक रुपमा धेरै कारोवारहरु भुक्तानीको लागि प्रोसिसिङ्ग गर्दा अधिकांश रकमहरु भुक्तानी भएपनि कतिपय भुक्तानीहरु बैंक विवरण ठिक हुँदाहुँदै पनि इन्भ्यालिड भई भई पुनः प्रोसेसिङ गर्नुपरेको र कतिपय लगानीकर्ताले बैंक खाता विवरण नै अपडेट नगरेका कारण समयमा पैसा दिन नसकिएको ब्रोकरहरुको दाबी छ ।

प्रचलित कानुनअनुसार सेयर कारोवारको राफसाफ समय T+2 अर्थात सेयर बेचेको अर्को कार्यदिन सम्म सेयर बेच्नेले इडिआईएस गरी T+2 मा राफसाफ भई बिक्री गरेको सेयरको रकम जम्मा गर्नुपर्ने प्रावधान छ । तर ब्रोकरहरुले यस्तो नगरेको भन्दै बोर्डमा उजुरी बढेपछि ब्रोकरहरुले बिज्ञप्ति नै जारी गरेर स्पष्टिकरण दिएका हुन्।

समस्या समाधान भएपछि किन निकालियो विज्ञप्ति ?
स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले समस्या समाधान भईसकेपछि लगानीकर्ताका जानकारीका लागि बिज्ञप्ति निकालिएको दाबी गरेका छन् । ‘बोर्डमा पनि उजुरी धेरै पर्न थाल्यो । विभिन्न प्राविधिक कारणले हामीले पैसा भुक्तानी गर्न सकेनौँ । अधिकांश समस्या त समाधान भईसकेको थियो । र पनि, पब्लिकलाई जानकारी होस् भनेर विज्ञप्ति निकालेका हौँ ।’ सापकोटाले अर्थ सरोकारसँग भने, ‘कतिपय लगानीकर्ताले त बैंक खाता नै अपडेट गराउनुभएको छैन । अनि नबुझेर ब्रोकरहरुलाई दोष दिईरहनु भएको छ ।’

यता ब्रोकरहरुले पैसा भुक्तानी रोकेर बजार घटाउन लागिपरेको आरोपसमेत लगानीकर्ताको छ । यद्यपी सापकोटाले आफुहरुको त्यस्तो बदनियत नभएको दाबी गरेका छन् । ‘धेरै कारोबारमा यस्तो समस्या भए पनि सबैको ३०००-४००० का कारोबार छन् । हामीले त्यस्तो भुक्तानी रोकेर बजारमा गलत गर्न खोजेको भन्ने कुरा गलत हो । यस्ता हल्ला प्रोपोगाण्डा मात्र हुन् ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: