काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितहरुको समस्या सम्बोधन गर्न माग गरेकी छिन् । आइतबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद श्रेष्ठले पैदल हिँडेर न्याय माग्न काठमाडौँ आएका मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न सरकारसँग माग गरेकी हुन् ।
उनले मिटरब्याज पीडितहरुका लागि छिटो न्याय दिलाउन हरेक जिल्लामा पूर्वन्यायधीश सम्मिलित मिटरब्याज इजलास बनाउन पनि आग्रह गरेकी छिन् ।
त्यस्तै, सांसद श्रेष्ठले मिटर ब्याजमा पैसा लिनेहरुको बाध्यतालाई बुझेर सोही अनुुसारको व्यस्था मिलाउन सरकारसँग माग गरेकी छिन् । ‘आम मानिसले चर्को ब्याजमा पैसा किन लिन्छन् ? त्यसको अनुसन्धान र समस्या समाधानका लागि पहल गर्नुपर्छ ।’, उनले भनिन्, ‘नेपाल राष्ट्र बैंकको निगरानीमा एउटा कोष बनाएर निम्न वर्गलाई सहुलियत ब्याजदरमा सरकारले नै ऋण दिने व्यवस्था मिलाउनुपर्छ ।’
त्यस्तै, पछिल्ला दिन मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने भन्दा पनि राजिनीतिक दलहरुले उल्टै मिटरब्याजीहरुलाई प्रसय दिएको आरोप लगाएकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्