×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपाली बैंकिङ क्षेत्र बलियो अवस्थामा छ, तर बैंकहरुले मात्रै कमाए भन्नु गलत हो’- सुनिल केसी

PRIME CA

‘नेपाली बैंकिङ क्षेत्र बलियो अवस्थामा छ, तर बैंकहरुले मात्रै कमाए भन्नु गलत हो’- सुनिल केसी

१४ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरुले मात्रै कमाए भन्नु गलत भएको बताएका छन् । सोमबार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै केसीले बजारमा चलेको हल्लाजस्तो बैंकले अथाह पैसा कमाईरहेको कुरा गलत भएको बताएका हुन् ।

यद्यपी नेपाली बैंकहरुका सूचकका आधारमा बैंकिङ क्षेत्र बलियो रहेको उनले दाबी गरेका छन् । सडकमा उत्रिएर बैंकबारे जे पायो त्यही बोल्नेहरुले बैंकबारे भ्रम फैलाएको बताउँदै केसीले अहिलेको अवस्थामा नेपालका बैंकहरु पूर्ण रुपमा बलियो रहेको दाबी गरेका हुन् ।

‘नेपालका बैंकहरु खत्तम हुन लागे, डुब्न लागे भन्ने हल्लामा कुनै सत्यता छैन ।’, उनले भने, ‘खराब कर्जा केही बढेको देखिए पनि हामी सबल र बलियो अवस्थामा छौँ । डराउनुपर्ने अवस्था छैन ।’

त्यस्तै, अध्यक्ष केसीले हाल बैंकिङ प्रणालीमा १८ खर्ब रुपैयाँ तत्काल तरल रहेको र साढे १२ खर्ब निक्षेपको बीमा भएको पनि जानकारी दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: