×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ठगी आरोपमा चिनियाँ कम्पनीविरुद्ध आरती स्टिलद्वारा मुद्दा दर्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ठगी आरोपमा चिनियाँ कम्पनीविरुद्ध आरती स्टिलद्वारा मुद्दा दर्ता

Artha Sarokar

१७ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एक चिनियाँ कम्पनीले नेपाली कम्पनीलाई ठगी गरेको पाइएको छ । सामान पठाउने भन्दै अग्रिम भूक्तानी माग गरिए पनि न त सामान डेलिभर गरेको छ न रकम फिर्ता नै ।

आरती स्ट्रिप्स प्राइभेट लिमिटेडले चिनियाँ कम्पनी वुटाई स्टिलबाट ७ सय मेट्रिक टनको स्टिल उत्पादन अर्डर गरेको थियो, जसका लागि चिनियाँ कम्पनीले अग्रिम भुक्तानी मागसमेत गरेको थियो ।

तर, चिनियाँ कम्पनीले आरती स्ट्रिप्स प्राइभेट लिमिटेको पटक–पटक रिमाइन्डर गर्दा पनि उत्पादन पुर्याएको छैन । आरती स्ट्रिप्स प्राइभेट लिमिटेडले वुटाई स्टिल विरुद्ध आर्थिक अनियमितताको उजुरी दर्ता गरेको छ ।

यसैबीच, वुटाई स्टिलले वुटाई स्टिलमा आन्तरिक समस्याका कारण आरती स्टिल प्राइभेट लिमिटेडसँगको सम्झौताको दायित्व पूरा गर्न नसकेको बताएको छ । बेइजिङस्थित नेपाली दूतावासले पनि आफ्ना समकक्षीसँग यो विषय उठाएको भए पनि चिनियाँ पक्षबाट सन्तोषजनक जवाफ नआएको जनाइएको छ ।

चीनबाट कपडा, जुत्ता, खेलौना लगायतका वस्तु आयातमा संलग्न भई चिनियाँ कम्पनीले कैयौं नेपाली व्यवसायीलाई ठगिसकेको छ । उनीहरुको गुनासो काठमाडौंस्थित चिनियाँ दूतावासले खारेज गरि ठगीमा मुद्दा चलाउने विषयमा समर्थन जनाएको छ। बेइजिङस्थित नेपाली दूतावास पनि उनीहरुलाई सहयोग गर्न नसक्ने अवस्थामा छ । यसरी चिनियाँ कम्पनीले नेपाली कम्पनीहरुलाई ठूलो ठगी गर्ने र लुट मच्चाउने काम गरिरहेका छन्। यसमा पनि सरकार मूकदर्शकजस्तै बनेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी