×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपर तामाकोशी नोक्सानीमा, सञ्चालक भने विदेश भ्रमणमै मस्त

PRIME CA

अपर तामाकोशी नोक्सानीमा, सञ्चालक भने विदेश भ्रमणमै मस्त

१ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अपर तामाकोशी जलविद्युत कम्पनी नोक्सानीमा गएको छ । कम्पनीले सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनी पछिल्लो ६ महिनामा २५ करोड ७६ लाख रुपैयाँ नोक्सानीमा गएको हो ।

कम्पनीले यसअवधिमा ५ अर्ब ३५ करोड रुपैयाँको बिजुली बिक्री गरेको छ । गत आर्थिक वर्षको तुलनामा ७.४ प्रतिशत बिजुली बिक्री गरेको अपर तामाकोशीको वित्तीय लागतसँगै रोयल्टी खर्च, प्रशासनिक तथा आयोजना लगायतका खर्चहरु उच्च हुँदा कम्पनी नोक्सानीमा गएको हो । समीक्षा अवधिमा कम्पनीको वित्तीय लागत मात्रै ३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनी नोक्सानीमा गएसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि ऋणात्मक रहेको छ । यसअवधिमा कम्पनीको ईपीएस १ रुपैयाँ ३२ पैसा ऋणात्मक रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ जम्मा ६१ रुपैयाँ रहेको छ । तर, कम्पनी नोक्सानीमा हुँदा पनि कम्पनीका सञ्चालकहरु भने कम्पनीको पैसामा विदेश भ्रमणमा छन् ।

केही दिनअघि मात्रै कम्पनीको सञ्चालक समिति (बोर्ड)का ९ जना पदाधिकारी अष्ट्रेलिया भ्रमणमा गएका थिए । रिफ्रेसमेन्ट भ्रमण भनिएको उक्त भ्रमणमा हुने खर्च कम्पनीको वार्षिक बजेटबाटै व्यहोर्ने निर्णय सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । भ्रमणमा करिब ५० लाखभन्दा बढी रकम खर्च भएको बताइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: