×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अकामा होटलले ५० रुपैयाँ अंकित मूल्यमा आइपीओ जारी गर्ने, न्युनतम २० कित्ताका लागि आवेदन दिनुपर्ने !

PRIME CA

अकामा होटलले ५० रुपैयाँ अंकित मूल्यमा आइपीओ जारी गर्ने, न्युनतम २० कित्ताका लागि आवेदन दिनुपर्ने !

२० फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अकामा होटल लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । होटलले फागुन १४ गते बसेको साधारणसभामा ५० रुपैयाँ अंकित मूल्यमा आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

उक्त आइपीओमा लगानीकर्ताले न्युनतम २० कित्ताका लागि आवेदन दिनुपर्नेछ । र, लगानीकर्तालाई पनि सोही अनुसार २० कित्ताका दरले सेयर बाँडफाँट हुने जनाईएको छ ।

सभामा हाल कायम १०० रुपैयाँ अंकित मूल्यलाई ५० रुपैयाँमा विभाजन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सोही अनुसार सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रस्ताव पेश गरिएको थियो ।

काठमाडौंको धुम्बाराहीमा विगत ४ वर्षदेखि सञ्चालनमा अकामा होटल अब विश्व विख्यात ब्राण्ड ‘रमडा’ (रमडा वाई विन्डम) को नामबाट सञ्चालन हुँदैछ । अकामा होटल र विश्व विख्यात ब्राण्ड रमडाबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । होटललाई ‘रमडा’ (रमडा वाई विन्डम) को नामबाट सञ्चालन गर्नेगरी माघ १७ गते बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

सन् २०१४ मा स्थापना भएको चारतारे होटल सन् २०२२ मा प्राइभेट लिमिटेडबाट लिमिटेडमा रुपान्तरण भएको हो । करिब ९ रोपनी जमीनमा निर्माण भएको यो होटल काठमाडौंको धुम्बराईमा अवस्थित छ । होटलमा सानीमा ग्रुपको लगानी रहेको छ । होटलका महाप्रबन्धक भरत कुमार जोशी हुन् । उनको नेतृत्वमा होटलको सम्पूर्ण कामहरु सञ्चालन हुँदै आएको छ ।

सानिमा ग्रुपबाट प्रवर्द्धिधत यो होटेल सुरुमा चारतारेबाट सञ्चालित भई २०८० मङ्सिर २९ मा स्तरोन्नती भई पाँचतारे अकामा होटल भएको थियो । अब छिट्टै नै अमेरिक चेन होटल ब्राण्ड रमडा वाई विन्डमको नामबाट सञ्चालन हुने र यसबाट होटल उच्चस्तरीय सुविधायुक्त हुने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: