काठमाडौँ । अर्थ मन्त्रालयले एउटै व्यक्ति दुई वित्तीय संस्थाको सञ्चालक हुन नपाउने गरी नीति संशोधनका लागि प्रस्ताव गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्दै अर्थमन्त्रालयले यस्तो व्यवस्था गर्ने प्रस्ताव गरेको हो ।
अर्थ मन्त्रालय स्रोतका अनुसार प्रचलित ऐनको दफा १४ को उपदफा २ को (घ)मा उल्लेख गरिएको सम्पूर्ण व्यवस्था हटाउने प्रस्ताव गरिएको छ ।
प्रचलित ऐनको उक्त दफामा कुनै पनि बैंक तथा वित्तीय संस्थामा सञ्चालक रहेको व्यक्ति पूर्वाधार विकास बैंकमा सञ्चालनक हुन सक्ने व्यवस्था रहेको छ । तर, अब कुनै पनि व्यक्ति एक भन्दा बढी वित्तीय संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गर्न आवश्यक भएकोले ऐन संशोधनका लागि प्रस्ताव गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयका अनुसार प्रस्तावित विधेयक संघीय संसदमा दर्ता भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्