×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको अध्यक्ष छिटो चयन गर्न अर्थमन्त्रीको निर्देशन

PRIME CA

धितोपत्र बोर्डको अध्यक्ष छिटो चयन गर्न अर्थमन्त्रीको निर्देशन

१३ चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रियामा तिव्रता दिन निर्देशन दिएका छन् । फागुन महिनासम्मको प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले यस्तो निर्देशन दिएका हुन् ।

बोर्डको अध्यक्ष चयन गर्ने पक्रिया ढिलो भएको गुनासो आएको भन्दै अर्थमन्त्री पुनले पक्रिया छिटो अघि बढाउन अर्थसचिव डा.कृष्णहरि पुष्करलाई निर्देशन दिएका छन् ।

नियामक निकाय नेतृत्वविहीन हुनु राम्रो नभएको नभएको उल्लेख गर्दे अर्थमन्त्रीले तत्काल धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको मन्त्रालय स्रोतले बताएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: