Skip to content
LAXMI SUNRISE BANK

‘सेयर बजारमा निर्धक्क लगानी गर्नुस्, पहिलाकोजस्तो समस्या हुँदैन’ : अर्थमन्त्री

अर्थ सरोकार

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सेयर बजारमा निर्धक्क भएर लगानी गर्न आग्रह गरेका छन् । बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अर्थमन्त्री पुनले नेपाली सेयर बजार विगतमाजस्तो समस्यामा नरहेकोले निर्धक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।

‘सेयर बजारको मनोबल अलिकति कम भएकोजस्तो देखिएको छ । सेयर बजारमा ६० लाख नागरिक जोडिएका छन् ।’, अर्थमन्त्री पुनले भने, ‘प्रयाप्त मात्रामा, निर्धक्क भएर लगानी गर्नुस्, विगतमाजस्तो समस्या हुँदैन ।’

त्यस्तै, अर्थमन्त्री पुनले पदभार ग्रहण गर्दा नै सेयर बजार सुधारका लागि नीतिगत सुधार गर्नुपर्ने प्रतिबद्धता जनाइसकेकाले यसमा आफू तदारुकताका साथ लागि पर्ने पनि बताएका छन् ।

साथै उनले घरजग्गा कारोबार बिस्तारै चलायमान हुने दाबी गर्दै यसका लागि आवश्यक नीतिगत सुधारहरु हुने र त्यसप्रति आफू र सरकार गम्भीर रहेको पनि बताएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK