काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कुनै पनि हालतमा तिर्नुपर्ने बताएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्नुपर्दैन भन्दै अभियान नै चलिरहेका बेला भर्खरै अर्थमन्त्री बनेका पुनले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नैपर्ने बताएका हुन् ।
नेपाल बैंकर्स संघका प्रतिनिधिसँग कुराकानी गर्दै अर्थमन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन वा तिर्नुपर्दैन भन्ने छुट कसैलाई नभएको बताएका छन् ।
उनले त्यसरी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्दैनौँ भन्ने व्यक्ति र प्रवृत्ति दुवैलाई नियन्त्रणमा लिने बताएका छन् । ‘बैंक तथा वित्तीय संस्थामा जनताको निक्षेप जम्मा भएको हुन्छ । त्यही निक्षेपबाट बैंकहरुले ऋण दिन्छन् र त्यही जनताको निक्षेपबाट लिएको ऋण तिर्दिन भन्न पाइँदैन ।’, उनले भने, ‘ऋण तिर्दिन र तिर्नु हुन्न भने अभियान चलाउनेलाई अब धेरै छुट दिन सकिँदैन । यस्ता प्रवृत्तिलाई सरकारले कडाईका साथ नियन्त्रणमा लिन्छ ।’
त्यस्तै, अर्थमन्त्री पुनले बैंकर्स संघका प्रतिनिधिहरुलाई बैंक तथा वित्तीय संस्थाविरुद्ध भएका गतिविधिप्रति सरकार निर्मम हुने भन्दै निर्धक्क भएर कारोबार गर्न पनि आग्रह गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्