काठमाडौँ । अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गर्ने क्रममा नै सेयर बजारप्रति सकारात्मक देखिएका अर्थमन्त्री बर्षमान पुनले त्यसको भोलिपल्टै पुन: सेयर बजारमा ढुक्क भएर लगानी गर्न आह्वान गरे । उनले नेपाल धितोपत्र बोर्ड, नेप्से लगायतका निकायहरुलाई बजार सुधारका योजना पेश गर्न निर्देशनसमेत दिए । पुनको निर्देशनले बजारको माहोल निकै सकारात्मक देखिएको थियो । तर कुराले च्युरा भिज्दैन रहेछ भनेजस्तै उनको बोली व्यवहारमा कार्यन्वयन हुन ढिलो हुँदा उनको बोलीकै भरमा सेयर बजारमा लगानी गर्नेहरु उल्टै फसेका छन् ।
नयाँ अर्थमन्त्रीले सेयर बजारमा ढुक्कसँग लगानी गर्नु भनेको दिनदेखि आजसम्मको हिसाब गर्ने हो भने बजार ओरालो गतिमा छ । अर्थात अर्थमन्त्रीकै बोलीको भर परेर लगानी गर्नेहरु अहिले घाटामा छन् ।
अर्थमन्त्रीले नियामक निकायसँग सुधारका कार्ययोजना माग्दा उत्साहित भएका लगानीकर्ता अहिले सो कार्ययोजना अनुसार काम सुरु नहुँदा निराश त बनेका छन् नै, बजारले पनि उत्साहित माहोलको उत्साह विस्तारै गुमाउँदै गएको छ । यसको पछाडी नियामक धितोपत्र बोर्ड लगायतका निकायले पेश गरेका योजनाहरु कार्यान्वयन तहमा लैजानेगरी अर्थमन्त्रीले कुनै कदम चालेका छैनन् । बरु बोर्डसहित अर्थमन्त्रालय मातहतका निकायहरुले बुझाएका कार्ययोजना लगानीकर्ताले थाहा पाउलान् भनेर उल्टै लुकाउने काम भएको छ ।
सेयर बजार रकेट गतिमा अगाडी बढ्छ भन्ने भान हुनेगरी अर्थमन्त्रीले दिएको अभिव्यक्तिकै कारण सेयर किनेकाहरु अहिले झुक्किएको वा फसेको भन्दै निराश भईरहेका छन् ।
यद्यपी बजार निकै न्युनबिन्दुमा रहेकाले अहिले नै डराउनुपर्ने स्थिति नभएको तर्क सेयर बजार विश्लेषकहरुको छ । बजार सार्है घट्ने ठाउँ कम र बढ्ने ठाउँ निकै बढी भएकाले यस्तो समयमा अध्ययन गरेर सेयर किने फाइदा नै हुने तर्क विश्लेषकहरुको छ । अर्कोतर्फ, अर्थमन्त्रीले बोलेकै भरमा जुन कम्पनी पनि बढीहाल्छ भन्नु गलत भएको यथार्थ पुन: पुष्टी भएको जानकारहरुको ठम्याई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्