काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थामा कर्मचारीको आन्दोलन फेरी उत्कर्षमा पुगेको छ । यसअघि हाकिमहरुले कर्मचारीमा भेदभाव गरेको, दुर्व्यवहार गरेको, काम गर्ने वातावरण बिगारेको तथा साबिकको राष्ट्र उत्थान लघुवित्तबाट मर्जरपछि आएका कर्मचारीहरुलाई अनुचित व्यवहार गरेको आरोप लगाउँदै आन्दोलन गरेर १६ बुँदे सम्झौतापछि आन्दोलन स्थगित गरेका कर्मचारीहरु फेरी व्यवस्थापनप्रति आक्रोशित बनेका हुन् ।
आन्दोलनरत कर्मचारी र व्यवस्थापनबीच भएको १६ बुँदे सम्झौता फागुन १६ गतेसम्म कार्यान्वयन गर्नुपर्ने भए पनि हालसम्म सम्झौता कार्यान्वयनका लागि कुनै पहल नभएको भन्दै कर्मचारीहरु आक्रोशित बनेका हुन् ।
यतिसम्मकी आन्दोलनका क्रममा भएको सम्झौता कार्यान्वयन गर्नुको साटो व्यवस्थापनले कर्मचारीहरुको अनावश्यक सरुवा, घटुवा गरेर तनाव दिएको कर्मचारीहरुले आरोप लगाएका छन् । ‘हामीले हाम्रो आन्दोलन माग सम्बोधन हुन्छन् भनेर स्थगित गरेका थियौँ । १६ बुँदे सम्झौताअनुसार माग सम्बोधन हुन्छ पनि भनिएको थियो, तर भएन ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै लघुवित्तका एक कर्मचारीले भने, ‘अहिले उल्टै व्यवस्थापनले कर्मचारीको अनावश्यक सरुवा गरेर तनाव दिने काम गरेको छ ।’
यसअघि सामूहिक राजिनामा दिएर आन्दोलनमा उत्रिएका आशा लघुवित्तका १९७ कर्मचारी र व्यवस्थापन पक्षबीच गत मंसिर १७ गते १६ बुँदे सम्झौतापछि आन्दोलन सहमतिमा टुंगिएको थियो । तर, उक्त सम्झौता कार्यान्वयनमा व्यवस्थापन पक्षले कर्मचारीलाई नै पेलेर जान खोजेपछि आशा लघुवित्तका कर्मचारीहरु पुनः आशोक्रित बनेका हुन् ।


पुनः आन्दोलन चर्काउने तयारी
यसो त यसअघि १७ दिन आन्दोलन गरेर वार्तामार्फत साम्य भएको आन्दोलन पुनः चर्काउने मुडमा आशा लघुवित्तका कर्मचारीहरु छैनन् । तर, सम्झौता कार्यान्वयन गर्ने कुरामा व्यवस्थापनले ढिलाई गरे पुनः आन्दोलन चर्काउने तयारी भने रहेको उनिहरुको भनाई छ । ‘आन्दोलन गर्नु हाम्रो रहर होइन र हामी आन्दोलन नै गर्नुपर्छ भन्ने मुडमा पनि छैनौँ । तर आन्दोलन नै गर्न बाध्य पारेको अवस्थामा हामी तयार पनि छौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै लघुवित्तका एक कर्मचारीले भने, ‘सकेसम्म आन्दोलन नै नगरी कुरा मिलोस्, व्यवस्थापन पक्षले १६ बुँदे सम्झौताअनुसार हाम्रा माग दुरुस्तै कार्यान्वयन गरोस्, हामी यही चाहन्छौँ ।’
हाल व्यवस्थापनदेखि असन्तुष्ट कर्मचारीहरुले मौखिक रुपमा सम्झौता कार्यान्वयनका लागि व्यवस्थापनलाई जानकारी गराएको ती कर्मचारीको भनाई छ । तर, सम्झौता कार्यान्वयनमा तदारुकता नदेखाए फेरी पनि शाखा कार्यालयहरु बन्द गरेर हड्ताल गर्ने ती कर्मचारीले बताएका छन् । ‘अहिले हामीले मौखिक रुपमा सम्झौता कार्यान्वयन गर्न जानकारी गराएका छौँ ।’, उनले भने, ‘तर व्यवस्थापनले हाम्रा कुरा नसुनेको अवस्थामा हामी शाखा कार्यालयहरु बन्द गरेर पुनः हड्ताल गर्छौं ।’

श्रम कार्यालयमा पनि पत्र
हाल आशा लघुवित्तका कर्मचारीहरुले मंसिर १८ गते आन्दोलनरत कर्मचारी र व्यवस्थापनबीच भएको १६ बुँदे सम्झौता कार्यान्वयन गराईदिन भन्दै श्रम तथा रोजगार कार्यालयमा पनि निवेदन दिएका छन् । १७ दिनको आन्दोलनपछि गरिएको १६ बुँदे सम्झौतापत्रको कार्यान्वयन नगरेर कर्मचारीहरुको मर्मलाई बेवास्ता गरी संस्थाका प्रमुख कार्यकारी अधिकृतको दादागिरी देखाएको भन्दै उनीहरुले उक्त सम्झौता कार्यान्वयन गराईदिन श्रम कार्यालय, टेकुमा निवेदन दिएका हुन् ।
साथै संस्थाको व्यवस्थापनका कारण हाल कर्मचारीहरु पुनः आन्दोलिन हुनुपर्ने अवस्था सृजना भएको भन्दै आवश्यक छानविन गरी यथाशिघ्र सम्झौता कार्यान्वयमा ल्याउने व्यवस्था मिलाइदिन श्रम कार्यालयलाई अनुरोध गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्