×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेस र माओवादीबीच कुरा नमिलेपछि सत्ता गठबन्धनको बैठक स्थगित, नेतृत्वलाई निष्कर्षमै पुग्न सकस !

PRIME CA

कांग्रेस र माओवादीबीच कुरा नमिलेपछि सत्ता गठबन्धनको बैठक स्थगित, नेतृत्वलाई निष्कर्षमै पुग्न सकस !

२१ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सोमबार बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । मन्त्रीमण्डल हेरफेर र सुशासनका विषयमा माओवादी केन्द्र र नेपाल काँग्रेसबीच कुरा नमिलेपछि सोमबार बिहान बस्ने भनिएको गठबन्धनको बैठक स्थगित भएको हो ।

यसअघि दुई पार्टीबीच देखिएको असमझदारी टुंग्याउनका लागि सोमबार (आज) बिहान ८ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवासमा सत्ता गठबन्धनको बैठक डाकिएको थियो ।

सोमबारको बैठकमा विवादित मन्त्रीहरुलाई राजीनामा गराउने विषयमा प्रस्ताव ल्याउने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) थिए । गठबन्धनमा मन्त्रीहरुको हेरफेर गर्ने दाहालको प्रस्ताव दुई महिनादेखि अरु नेताहरुले अस्वीकार गर्दै आएका थिए । तर, बैठकबाट उक्त विषय टुँगोमा पुग्ने संकेत नदेखिएपछि बिहानका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

यता राष्ट्रिय सभाको अध्यक्ष निर्वाचन र अन्य राजनीतिक घटनाक्रमले असमझदारी बढाउँदा वर्तमान गठबन्धनमै जोखिम पर्न सक्ने देखेपछि कांग्रेस सभापति शेरबहादुर देउवा लचिलो बनेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: