Skip to content
LAXMI SUNRISE BANK

चुक्ता पूँजीको १% भन्दा धेरै ऋण भए बैंक सञ्चालक बन्न नपाइने

अर्थ सरोकार

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा चुक्ता पूँजीको १ प्रतिशतभन्दा बढी व्यवसायिक ऋण हुने व्यक्ति बैंक सञ्चालक हुन नपाउने भएका छन् । अर्थमन्त्री वर्षमान पुनले संसदमा पेश गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन प्रस्तावमा यस्तो व्यवस्था गरिएको हो ।

उक्त संशोधन प्रस्तावमा चुक्ता पूँजीको १ प्रतिशतभन्दा बढी व्यवसायिक ऋण भएको व्यक्ति बैंक सञ्चालक बन्न अयोग्य ठहरिने व्यवस्था गरिएको छ ।

‘सम्बद्ध व्यक्ति वा निजको परिवार वा निज र निजको परिवार सम्बद्ध कम्पनी वा संस्थाले लिएको कुल व्यावसायिक ऋण निज सञ्चालक हुन चाहेको बैंक वा वित्तीय संस्थाको चुक्ता पूँजीको एक प्रतिशतभन्दा बढी भएको सञ्चालक हुन योग्य हुनेछैन ।’, बाफिया संशोधन प्रस्तावमा भनिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK