×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकर पक्राउ प्रकरणः १७ दिनपछि पूर्वसीईओसहित १० बैंकर थुनामुक्त, दैनिक हाजिर लगाउन सीआईबी पुग्नुपर्ने !

PRIME CA

बैंकर पक्राउ प्रकरणः १७ दिनपछि पूर्वसीईओसहित १० बैंकर थुनामुक्त, दैनिक हाजिर लगाउन सीआईबी पुग्नुपर्ने !

अर्थ सरोकार

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार

काठमाडौँ । कमसल धितो राखेर ऋण प्रवाह गरेको भन्दै पक्राउ परेका बैंकर थुनामुक्त भएका छन् । गत फागुन १५ गते पक्राउ परेका तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सीईओद्वय तुल्सिराम गौतम र मनोज श्रेष्ठसहित १० बैंकर १७ दिनपछि थुनामुक्त भएका हुन् ।

उनीहरुलाई हाजिरी जमानीमा छोडिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

१७ दिन हिरासतमा राखेर प्रारम्भिक अनुसन्धान सकेपछि थप अनुसन्धानमा हिरासत बाहिर रहेर पनि सघाउने दखेपछि पक्राउ परेका बैंकरका परिवार र बैंकका प्रतिनिधिको रहोबरमा हाजिरी जमानीमा थुनामुक्त गरिएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार थुनामुक्त भएका बैंकरहरु अनुसन्धान नसकिँदासम्म दैनिक रुपमा सीआईबीमा उपस्थिति हुनुपर्नेछ ।

उनीहरु अनुसन्धान अवधिभर बिहान १० बजे सीआईबी पुग्नुपर्नेछ भने ५ बजे घर फर्किन पाउनेछन् ।

तत्कालीन सेञ्चुरी कमर्सियल बैंकमा हुँदा ८० करोड बराबरको धितो राखेर २ अर्ब २५ करोड रुपैयाँ ऋण प्रवाह गरेर बैंकलाई आर्थिक नोक्सानी पुर्याएको भन्दै सीआईबीले उनीहरुलाई गत फागुन १५ गते पक्राउ गरेको थियो । सीआईबीले पक्राउ गर्नेहरुमा तत्कालीन सीईओद्वय गौतम र न्यौपानेसहित कर्मचारीहरु दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ, राजेश भण्डारी, सविना घिमिरे, अनुपमा श्रेष्ठ प्रधान, सुवास बहादुर श्रेष्ठ र सुनिल बस्नेत रहेको थिए ।

यसरी बैंकले सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका देउराली सहकारीका रविन्द्र चौलागाईं र उनकी श्रीमति पूजा खत्री सञ्चालक रहेको पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्श मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालिका नाममा कर्जा प्रवाह गरेको पाईएको सीआईबीले जनाएको छ । हाल उक्त प्रकरणमा थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ । उक्त अनुसन्धानमा राष्ट्र बैंकको विज्ञ टोली पनि जोडिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: