×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चैतमा बैंकहरुको बेस रेट घट्यो, कर्जाको ब्याजदर पनि घट्ने !

PRIME CA

चैतमा बैंकहरुको बेस रेट घट्यो, कर्जाको ब्याजदर पनि घट्ने !

अर्थ सरोकार

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार

काठमाडौँ । चैत महिनामा बैंकहरुको आधार दर (बेस रेट) पनि घटेको छ । बैंकहरुले पछिल्लो केही महिनायता निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका कारण बैंकहरुको बेस रेट पनि घट्दै गएको हो ।

पछिल्लो तथ्यांक अनुसार चैत महिनामा बैंकहरुको बेस रेट एकल अंकमा झरेको छ । चैतमा कुमारी र प्राइम कमर्सियल बैंकबाहेक अन्य वाणिज्य बैंकहरुको बेस रेट ९.०५ प्रतिशत कायम भएको छ । जबकी फागुनमा वाणिज्य बैंकहरुको बेस रेट ९.३४ प्रतिशत रहेको थियो ।

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि पछिल्लो केही महिनायता बैंकहरुले निक्षेपकबो ब्याजदर निरन्तर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटिरहेका कारण बैंकहरुको आधार दर पनि घट्दै गएको छ ।

तर, आधार दर घटेअनुसार बैंकहरुमा कर्जाको ब्याजदर नघटेको व्यवसायीहरुले गुनासो गरेका छन् । यता बैंकरहरुले भने आधार दर घटेसँगै बैंकहरुको कर्जाको ब्याजदर पनि घटिरहेको र आउँदो बैशाख-जेठदेखि थप घट्ने बताउँदै आएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: