×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिक्री नपाउँदा विवाह रद्द भएको प्रकरणः दाइजो नलिई विवाह गर्न बेहुला तयार, बेहुली भन्छिन्- ‘अब उसँग विवाह गर्दिन’

PRIME CA

सिक्री नपाउँदा विवाह रद्द भएको प्रकरणः दाइजो नलिई विवाह गर्न बेहुला तयार, बेहुली भन्छिन्- ‘अब उसँग विवाह गर्दिन’

२ चैत्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । दाइजोमा सुनको सिक्री नपाएपछि विवाह नै रद्द गरेका उमेश शाह अन्ततः बिना दाइजो विवाह गर्न तयार भएका छन् । विवाहको दिन बेहुली पक्षले सुनको सिक्री नदिएको भन्दै मण्डपबाटै फरार भएका साह प्रहरी हिरासतमा पुगेपछि बिना दाइजो विवाह गर्न तयार भएका हुन् ।

सिन्दुर मात्रै हाल्न बाँकी रहँदा सुनको सिक्री नदिएको भन्दै बेहुला पक्षले विवाद सुरु गरेका थिए । सोही क्रममा सुनको सिक्री नपाए विवाह नै नगर्ने भन्दै बेहुला साह मण्डपबाट उठेरै हिँडेको बेहुली पक्षले बताएका छन् । विवाह सकिनै लाग्दा सुनको सिक्रीको निहुँमा बेहुलाले विवाह नै रद्द गरेपछि साह र उनको परिवारलाई प्रहरीले पक्राउ गरेर हिरासतमा पुर्याएको थियो ।

पक्राउ परेका साह वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् । उनलाई बेहुली पक्षले दाइजोमा १२ लाख नगद, मोटरसाइकल‌ बापत ३ लाख २५ हजार, ल्यापटप, सुनको औंठी र हनुमानको माला दिएका थिए । तर, उनले माग गरे अनुसार सुनको सिक्री नपाएपछि उनी मण्डपबाटै फरार भएका थिए ।

बिना दाइजो विवाह गर्न तयार
दाइजोमा सुनको सिक्री नपाएपछि विवाह नै रद्द गरेको भन्दै पक्राउ परेका साह हाल भने बिना दाइजो विवाह गर्न तयार भएका छन् । बेहुली पक्षले दिएको जानकारी अनुसार हाल प्रहरी हिरासतमा रहेका साहले आफूले कुनै पनि दाइजो नलिई विवाह गर्न तयार रहेको बताएका हुन् । अहिले पक्राउ परेका साह (बेहुला)सहित उनको परिवार प्रहरी हिरासतमा छन् । बेहुला पक्षले हाल उक्त मुद्दामा कानुनी उपचार छोडेर बेहुली पक्षसँग मिलापत्र गराउने ‘दुश्प्रयास’ गरिरहेको बेहुली पक्षले आरोप लगाएका छन् । तर, पक्राउ परेका साहले भने अब आफूले बेहुली पक्षबाट दाइजो नलिने, बरु फेरी विवाह गर्ने बताउँदै आएका छन् ।

बेहुली भन्छिन्- ‘अब त्यस्तो केटासँग विवाह गर्दिन’
यता साहले विवाद रद्द गरेकी बेहुलीले भने अब साहसँग विवाह नगर्ने बताएकी छिन् । उनले गहनाकै लागि विवाह नै रद्द गरेर सामाजिक र मानसिक दुवै यातना दिने व्यक्तिसँग अब आफूले विवाह नगर्ने बताएकी हुन् । उनले साहसँग कुनै पनि हालतमा विवाह नगर्ने बरु समाजको लागि लड्ने बताएकी छिन् ।

‘अब मलाई त्यस्तो केटासँग विवाह गर्नुछैन ।’, उनले भनिन्, ‘मलाई अब समाजको लागि लड्नु छ, समाजबाटै न्याय पाउनुछ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: