काठमाडौँ । बझाङमा एकल पुरुषलाई भत्ता वितरण गरिने भएको छ । जिल्लाको बित्थडचिर गाउँपालिकाले ५० वर्ष पूरा भई अन्य सामाजिक सुरक्षाको दायरामा नआएका एकल पुरुषलाई भत्ता वितरण गर्ने भएको हो ।
गाउँपालिकाले एकल पुरुष भत्ता वितरण सम्बन्धी कार्यविधि २०८० अनुसार भत्ता वितरण वितरण गर्न लागेको हो । गाउँपालिकाका अनुसार ५० वर्ष पूरा भएका तर अन्य सामाजिक सुरक्षाको दायरामा नआएका एकल पुरुषलाई मासिक ५०० रुपैयाँका दरले भत्ता वितरण गरिनेछ ।
एकल पुरुषलाई सजिलो होस् भनि एकल महिलालाईजस्तै गाउँपालिकाभरका ६३ जना पुरुषलाई पनि एकल पुरुष भत्ता दिन लागेको गाउँपालिकाले जनाएको छ । यसका लागि गाउँपालिकाले चार लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्