×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सभामुखलाई सीआईबीको पत्रः ‘बिनोद चौधरीमाथि छानविन गर्दैछौँ’

GLOBAL IME BANK

सभामुखलाई सीआईबीको पत्रः ‘बिनोद चौधरीमाथि छानविन गर्दैछौँ’

७ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सांसद बिनोद चौधरीमाथि छानबिन भइरहेको पत्र सभामुख देवराज घिमिरेलाई पठाएको छ । बुधबार सीआईबीले सरकारी जग्गा किर्ते प्रकरणमा नेपाली काँग्रेसका सांसदसमेत रहेका चौधरीमाथि छानबिन गरिरहेको भन्दै सभामुख घिमिरेलाई पत्र पठाएको हो ।

‘…च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालिन संचालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ ।’ सीआईबीले सभामुखलाई पठाएको पत्रमा उल्लेख छ ।

सीआईबीले पठाएको पत्र अनुसार काठमाडौँ महानगरपालिका–३ को कार्यालय र नवराज शर्मासमेतको जाहेरीका आधारमा बाँसबारी जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: