काठमाडौँ । बाँसबारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सांसद तथा उद्योगपछि बिनोद चौधरीको बयान लिएको छ । बाँसबारीको १० रोपनी जग्गा हिनामिना प्रकरणमा नाम मुछिएपछि सीआईबीले चौधरीसँग बयान लिएको हो ।
२०४३ कात्तिक २७ गते कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको च्याम्पियन फुटवेयरले कपडाका जुत्ता उत्पादन गर्ने भन्दै तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा खरिद गरेको थियो ।
त्यसमा चौधरी परिवारका सदस्यहरूसहित बाँसबारी छाला जुत्ता कम्पनीसमेत सेयरधनी थिए । तर, जग्गा लिँदा मिलेमतो भएको र तीन वर्षमा च्याम्पियन फुटवेयर बन्द गरी पूरै जग्गा कब्जा गरिएको आरोप छ ।
सो प्रकरणमा अनुसन्धानका लागि चौधरीको बयान लिइएको सीआइबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् । सीआइबीले सरकारी वकिलको कार्यालय काठमाडौंका अधिकारीहरुको रोहबरमा चौधरीको बयान लिएको हो । बुधबार साँझ मात्रै सीआइबीले चौधरीमाथि छानविन भइरहेको भन्दै सभामुख देवराज घिमिरेलाई पत्राचार गरी जानकारीसमेत गराएको थियो ।
यसअघि चौधरीका भाइ अरुण पक्राउ परेका थिए । कारखानाको जग्गा हिनामिनाको आरोपमा माघ १८ गते पक्राउ परेका अरुणलाई अर्को दिन काठमाडौं जिल्ला अदालतको आदेशमा हाजिरी जमानीमा छोडिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्