×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मेरो चरित्रको सर्टिफिकेट कसैलाई बुझाईराख्नुपर्दैन, स्टन्ट गर्नेहरुलाई त झनै पर्दैन’ : बिनोद चौधरी (भिडियो)

PRIME CA

‘मेरो चरित्रको सर्टिफिकेट कसैलाई बुझाईराख्नुपर्दैन, स्टन्ट गर्नेहरुलाई त झनै पर्दैन’ : बिनोद चौधरी (भिडियो)

अर्थ सरोकार

८ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ ।  बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको प्रकरणमा व्यवसायी एवं नेपाली कांग्रेसका सांसद विनोद कुमार चौधरीले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाईराख्नु नपर्ने बताएका छन् । सरकारी वकिलको कार्यालयमा बयानपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
‘मेरो चरित्रको सर्टिफिकेट कसैलाई बुझाईराख्नुपर्दैन, स्टन्ट गर्नेहरुलाई त झनै पर्दैन’, चौधरीले संचारकर्मीसँग भने ।
उनले आफू सीआईबीमा बयानका लागि उभिँदा विश्वभर गलत सन्देश गएको बताएका छन् ।
‘म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि नेपालभरीका र विश्वभरीका युवाहरुले, नेपालका रोजगारदाताहरुले, करदाताहरुले कुन सन्देश आफ्नो मनमा लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो । मैले मेरो ४५ वर्षको यात्रापछि आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन ।’ उनले भने ।
सीआईबीले सांसद चौधरीमाथि अनुसन्धान भइरहेको औपचारिक जानकारी सभामुख देवराज घिमिरेलाई पत्र लेखेरै गरेपछि उनी सीआईबी पुगेका थिए । उनी आफैं सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेपछि सीआईबीले सरकारी वकिलको रोहबरमा बयान लिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: