×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदमा बिष्णु पौडेलले पूर्व अर्थमन्त्रीलाई अर्थतन्त्र पढाए, अर्थतन्त्र समस्यामा रहेको दाबी !

PRIME CA

संसदमा बिष्णु पौडेलले पूर्व अर्थमन्त्रीलाई अर्थतन्त्र पढाए, अर्थतन्त्र समस्यामा रहेको दाबी !

२४ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेकपा एमालेका नेता बिण्णु पौडेलले नेपालको अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । सरकार पुनर्गठनपछि बसेको संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै पौडेलले नेपालको अर्थतन्त्र समस्यमा रहेको बताएका हुन् । उनले हाल नेपालको अर्थतन्त्र मन्दीमा रहेको बताएका छन् ।

‘नेपाली अर्थतन्त्र मन्दीको अवस्थामा छ । अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा पूर्वअर्थमन्त्रीज्युले कहिल्यै मान्नुभएन ।’, पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतलाई ईंकित गर्दै पौडेलले भने, ‘दुनियाँभरका अर्थशास्त्रीले भनेका छन्, तथ्यांक, अभिलेख र आँकडाहरुले भनिरहेका छन् कि हाम्रो देशको अर्थमन्त्री मन्दीमा छ तर पूर्वअर्थमन्त्रीज्युले मान्दै मान्नुभएन । बरु गलत आँकडा प्रस्तुत गरिराख्नुभयो ।’

त्यस्तै, पौडेलले ‘दुई आर्थिक वर्षका उहीउही दुई त्रैमासको आर्थिक वृद्धिदर ऋणात्मक हुन्छ, त्यस्तै अवास्थालाई आर्थिक मन्दी भनिन्छ’ भन्दै पूर्वअर्थमन्त्रीलाई अर्थतन्त्र पढाएका छन् ।

साथै पौडेलले अर्थतन्त्र लयमा ल्याउनका लागि आँकडा सच्याएर मात्र नहुने भन्दै उत्पादन बढाउनुपर्ने, रोजगारी बढाउनुपर्ने, निर्यात बढाउनुपर्ने र नागरिकमा विश्वास जगाउनुपर्ने बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: