×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रकाशशरण महतले थन्क्याएर राखेको ब्रोकर कमिसन घटाउने निर्णयको फाइल सदर गर्ने तयारीमा अर्थमन्त्री पुन, घट्दै कमिसन

अर्थ सरोकार

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार

PRIME CA

प्रकाशशरण महतले थन्क्याएर राखेको ब्रोकर कमिसन घटाउने निर्णयको फाइल सदर गर्ने तयारीमा अर्थमन्त्री पुन, घट्दै कमिसन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले ब्रोकर कमिसन घटाउने तयारी गरेका छन् । अर्थमन्त्री बनेदेखि नै सेयर बजारप्रति साह्रै सकारात्मक देखिएका पुनले लगानीकर्ताको हितका लागि भन्दै ब्रोकर कमिसन घटाउने तयारी गरेका हुन् ।

अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गर्दै ‘६० लाख बढी लगानीकर्ता रहेको सेयर बजारको सुधारमा लाग्छु’ भनेका अर्थमन्त्री पुनले पहिलो कामका रुपमा ब्रोकर कसिमन घटाउने तयारी गरेका छन् ।

उनले यसअघि अर्थमन्त्री बनेका प्रकाशशरण महतले थन्क्याएर राखेको ब्रोकर कमिसन घटाउने निर्णयको फाइल सदर गर्ने तयारी गरेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् । पूर्वअर्थमन्त्री महतले ब्रोकर कमिसन घटाउने धितोपत्र बोर्डको निर्णयको फाइल पछिल्लो ४ महिनादेखि अर्थ मन्त्रालयमै थन्क्याएर राखेका थिए ।

नियामक नेपाल धितोपत्र बोर्डले गत कात्तिक १ गते नै सञ्चालक समितिको बैठकबाट ब्रोकर कमिसन घटाउने निर्णय गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको थियो । तर, पूर्वअर्थमन्त्री महतले उक्त फाइल मन्त्रालयमै अड्काएर राखेका थिए । तर, उनको बहिर्गमनसँगै अर्थमन्त्री बनेका वर्षमान पुनले ब्रोकर कमिसन घटाउने निर्णयको उक्त फाइल सदर गर्ने तयारी गरेका छन् ।

यसो त अर्थमन्त्री पुनले सेयर दलालहरुसँगको भेटमा पनि आफू बजारप्रति सकारात्मक भएको र सेयर बजारको सुधारका लागि तत्कालै गर्नुपर्ने कामको लिष्ट नै बनाएर अघि बढ्ने पनि प्रतिबद्धता जनाएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: