काठमाडौँ । निक्षेपकर्ताले पैसा झिक्ने क्रम नरोकिएपछि एनआईसी एशिया बैंकले ब्याजदर बढाएको छ । बैंकबाट निक्षेपकर्ताले ४० अर्ब हाराहारी रकम झिकेपछि बैंकले चैत महिनामा निक्षेपको ब्याजदर बढाएको हो । योसँगै फागुनमा व्यक्तिगत मुद्दती निक्षेपमा ८ प्रतिशत ब्याज दिएको एनआईसी एशिया बैंकले चैत महिनामा भने ८.५४ प्रतिशतका दरले ब्याज दिने भएको छ ।
त्यस्तै, बैंकले चैत महिनामा संस्थागत मुद्दती निक्षेपमा ७.५४ प्रतिशत ब्याज दिने भएको छ । एनआईसी एशिया बैंकले यसअघि फागुनमा संस्थागत मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याज दिँदै आएको थियो ।
बैंकबाट लगातार निक्षेपकर्ताले रकम झिक्न थालेपछि निक्षेप रोक्नका लागि बैंकले चैत महिनामा निक्षेपको ब्याजदर बढाएको हो । चैत महिनाका लागि एनआईसी एशियाले ब्याजदर बढाउँदा २० वाणिज्य बैंकमध्ये १७ वाणिज्य बैंकहरुले भने ब्याजदर घटाएका छन् । चैत महिनामा ब्याजदर बढाउने एनआईसी एशिया बैंक एक्लो हो । चैतमा प्रभु बैंक र ग्लोबल आइएमई बैंकले भने फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
त्यस्तै, चैतमा सबैभन्दा धेरै एभरेष्ट बैंक र एनएमबि बैंकले ब्याजदर घटाएका छन् । यी दुवै बैंकले फागुन महिनाको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर अधिकतम १.५ प्रतिशतबिन्दुले घटाएका छन् भने संस्थागत मुद्दती निक्षेपको ब्याजदर ०.५ प्रतिशतबिन्दुले घटाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्