काठमाडौँ । तत्कालीन सेञ्चुरी कमर्सियल बैंक घोटाला प्रकरणमा पक्राउ परेका बैंकरलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतले तत्कालीन सेञ्चुरी कमर्सीयल बैंकका सीईओ तथा पूर्वसीईओसहित १० जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
योसँगै अब सीआईबीले पक्राउ परेका बैंकका तत्कालीन सीईओद्वय तुलसिराम गौतम र मनोज न्यौपानेसहित १० कर्मचारीलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्नेछ ।
सीआईबीले गौतम र न्यौपानेसहित बैंकका पूर्व कर्मचारीहरु कर्मचारीहरु दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ, राजेश भण्डारी, सविना घिमिरे, अनुपमा श्रेष्ठ प्रधान, सुवास बहादुर श्रेष्ठ र सुनिल बस्नेत र राजेश भण्डारीलाई सीआईबीले पक्राउ गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार बैंकका सीईओदेखि कर्मचारीसम्मको मिलेमतोमा ८० करोड बराबरको धितो राखेर २ अर्ब २५ करोड रुपैयाँ ऋण प्रवाह गरेको पाइएको छ ।
यसरी बैंकले सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका देउराली सहकारीका रविन्द्र चौलागाईं र उनकी श्रीमति पूजा खत्री सञ्चालक रहेको पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्श मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालिका नाममा कर्जा प्रवाह गरेको पाईएको छ भने उक्त विषयमा थप अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ ।
अनुसन्धानमा राष्ट्र बैंकको साथ
तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सीईओदेखि कर्मचारीसम्मले कमसल धितो राखेर ऋण प्रवाह गरी बैंकलाई आर्थिक नोक्सानी गरेको भन्दै बैंकर पक्राउ गरेर सीआईबीले थालेको अनुसन्धानमा राष्ट्र बैंक पनि जोडिएको छ ।
यसअघि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकरमाथि सीआईबीको अनुसन्धान राष्ट्र बैंकको समन्वयबिना टुँगोमा नपुग्ने अभिव्यक्ति दिएका थिए । योसँगै सीआईबीले गरिरहेको अनुसन्धानमा प्रहरीलाई बैंकिङ प्रणालीबारे थप जानकारी दिन अनुसन्धानमा सघाउन राष्ट्र बैंकको विज्ञ टोली पनि सीआईबीको अनुसन्धानमा जोडिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्