काठमाडौँ । चालु आर्थिक वर्ष २०८० ८१ को पछिल्लो ८ महिनामा नेपालमा झण्डै ४० करोडको चुइगम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि फागुनसम्ममा ३९ करोड ८० लाख ५७ हजार रुपैयाँको चुइगम आयात भएको हो ।
विभागको तथ्यांकअनुसार पछिल्लो ८ महिनामा नेपालमा सबैभन्दा धेरै चुइगम भारतबाट आयात गरिएको छ । यसअवधिमा भारतबाट ३८ करोड ७५ लाख १४ हजार रुपैयाँको चुइगम आयात गरिएको छ ।
त्यस्तै, अमेरिकाबाट ८२ लाख २६ हजार, युकेबाट २ लाख ७५ हजार मूल्य बराबरको चुइगम नेपालमा आयात गरिएको छ । गत वर्ष सोही अवधिमा नेपालमा ७१ करोड १७ लाख ७२ हजार रुपैयाँको चुइगम आयात गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्