काठमाडौँ । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले सोमबार एक कार्यक्रममा देखाएको ‘असभ्य हर्कत’ले आयोजक राष्ट्र बैंकलाई नै तनाव भएको छ । स्टेजमा बसेका अधिकारीले कार्यक्रम चलिरहेका बेला सबैले सुन्नेगरी माइक अन नै भएका बेला र अर्का अतिथि बोलिरहेका बेला उन्मत्त रुपमा हाँसेपछि, सँगै विद्यार्थीहरु पनि हाँस्न थालेपछि आयोजक नेपाल राष्ट्र बैंकलाई पनि तनाव भएको हो ।
नेपाल राष्ट्र बैंकले आयोजना गरेको ग्लोबल मनि विक कार्यक्रम स्वयम् राष्ट्र बैंकले प्रत्यक्ष प्रशारण गरिरहेको थियो । विद्यार्थीहरुले प्रश्न गरिरहेका थिए, नेपाल राष्ट्र बैंकका प्रतिनिधि किरण पण्डित पटक पटक विद्यार्थीलाई हल्ला नगर्न भनिरहेका थिए । विद्यार्थी त विद्यार्थी नै भईहाले, तर स्टेजमा बसेका नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डाक्टर नवराज अधिकारी राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालसँग यसरी भलाकुसारी गरिरहेका थिए कि मानौं उनीहरु बर्षौंपछि भेट गरिरहेका छन् ।
यतिसम्म त ठिकै थियो, बोर्डका कार्यकारी निर्देशकले आफ्नो माइक अन भईरहेकोसमेत हेक्का राखेनन् । राष्ट्र बैंकका प्रतिनिधि किरण पण्डितले विद्यार्थीलाई हल्ला नगर्नु भनिरहेका बेला डाक्टर अधिकारीको उन्मत्त हाँसोले कार्यक्रम खल्लो मात्र देखिएन, विद्यार्थीहरु पनि हाँस्न थाले । धन्न, बैंकर्स संघका अध्यक्ष सुनिल केसीले उनको थप बेइज्जत हुनबाट बचाए । उनलाई तपाईंको माइक अन छ, भनेपछि बल्ल, उनी होसमा आए, र माइक निकालिदिए ।
उनको यो हर्कत देखेर विद्यार्थीहरुमात्र हाँसेनन् स्वयम् आयोजक नेपाल राष्ट्र बैंकका अधिकारीहरु पनि लाजले रातोपिरो भए । तर यति हुँदा पनि डाक्टर अधिकारीले स्टेजमा अनावश्यक खासखुस गर्ने, उन्मत्त तरिकाले हाँस्ने लगायतका काम गर्न छोडेनन् ।
झट्ट हेर्दा सानो घटनाजस्तो देखिए पनि नियामकको नेतृत्व गरेकाहरु र गर्छु भन्नेहरुले यति सामान्य ख्याल पनि गर्दैनन् भन्ने तथ्यको नमिठो उदाहरण सोमबार काठमाडौँमा देखिएको छ । ठुला निकायका हाकिमहरुले स्टेजमा खासखुस नगर्ने, कार्यक्रम ध्यानपूर्वक सुन्ने, र आफु कहाँ छु र के बोलिरहेको छु भन्ने ख्याल गरे, विद्यार्थीहरुका अगाडी सोमबार डाक्टरअधिकारीको जस्तो बेइज्जत अरुको हुने थिएन कि !
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्